site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
66sqrZjOYBk

काठमाडौं । जिल्ला अदालत काठमाडौंले प्रतिनिधिसभाका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । थुनछेक बहस सकिएलगत्तै उनलाई डिल्लीबजार कारागार चलान गर्न अदालतले  आदेश दिएको हो ।

मुलुकी फौजदारी संहिताको दफा ८० बमोजिम महरालाई जेल चलानको आदेश भएको हो । दफा ८० बमोजिमको थुनुवा पुर्जी दिएपछि ठहरे बमोजिम हुने गरी थुनामा पठाइएको जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले यस्तो आदेश दिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महरा असोज १९ गते बालुवाटास्थित सभामुख निवासबाट पक्राउ परेका थिए । 

प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  १७:०५
प्रतिक्रिया दिनुहोस्