site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
छठ: प्रकृति र मानव सभ्यताको स्मरण 

सूर्यको आराधना गरी मनाइने छठ पर्व मिथलाञ्चलमा बढी प्रचलनमा छ । तर, मनुष्य, पृथ्वी, चराचर जगत र प्राणी अनि वनस्पति अर्थात् सारा प्रकृति र सृष्टिसँग यसले सिधा सम्बन्ध राखेको छ । भर्खरैमात्र दुर्गा शक्तिको आह्वान र महत्त्व आत्मसात गर्दै दसैँ मनाइयो । अनि प्रकाशमय जीवनको महत्त्व दर्शाउँदै तिहार सम्पन्न भयो । त्यसपछि परेको छठ पर्वले मानव जीवनमा सूर्यमय ऊर्जा शक्तिको महत्त्व स्मरण गराउँछ ।

सूर्यको प्रकाशविना कुनै पनि प्राणी र वनस्पतिको उत्पत्ति एवं जीवन सम्भव छैन । यस जगतको आत्मा र प्रकृतिको केन्द्र नै सूर्य हो । पृथ्वी र सारा प्राणी, चराचर जगतको शक्तिकै लागि पृथ्वीले सूर्यको परिक्रमा गरेको तथ्य आत्मसात गर्नुपर्छ । 

मानव स्वास्थ्यको लागिसमेत सूर्यको महत्त्व छ । मानव शरीरलाई आवश्यक भिटामिन डी सूर्यबाट नै प्राप्त हुन्छ । शरीरमा लाग्ने अधिकांश रोगहरू सूर्यकै किरणबाट प्राप्त ऊर्जाबाट रोकिन्छ भन्ने औषधि विज्ञानले समेत पुष्टि गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उदाउँदो र अस्ताउँदो सूर्यको प्रकाशको दर्शनले व्यक्तिलाई आन्तरिक शान्ति र ऊर्जा मिल्छ । दिनहुँ उदाउँदो र अस्ताउँदो सूर्यको प्रकाशको दर्शन गर्ने व्यक्ति तनावग्रस्त हुँदैन भन्ने त आध्यात्मिक अभ्यासले समेत पुष्टि गरिसकेको छ । यिनै गहन महत्त्वलाई हेर्न र स्मरण गर्न सकियो भनेमात्र छठ पर्वको महत्ता बुझ्न सहज हुन्छ । त्यसमा पनि नदी, खोला, पोखरी र तलाउको किनारमा रातभर जाग्राम बसेर उदाउँदो सूर्यको दर्शन गर्ने आस्था र परम्पराले मानव सभ्यताको विकास नदी किनाराबाटै भएको इतिहास पनि स्मरण गराउँछ । 

मानव र प्रकृतिबीचको तादात्म्य र अन्योन्याश्रित सम्बन्धलाई सांस्कृतिक परम्परामार्फत्र छठ पर्वले खुलस्त पारेको छ । पहिले तराईका मानिसले मात्र मनाउने यो पर्व अहिले हिमाल, पहाडसम्म फैलिनुले एक आपसको सद्भाव, भातृत्व र प्रेमलाई देखाउँछ । नदी, पोखरी, तलाउको शृङ्गार र त्यसमा प्रयोग हुने केराका बोट, फलफूल, अन्नपात, पूजा सामग्रीका परिकार देख्दा लाग्छ पर्वकै लागि भए पनि कृषिजन्य उत्पादन तथा कृषि पेसारकर्मलाई महत्त्व र प्राथमिकताकासाथ हेरिनुपर्छ भन्ने सकारात्मक सन्देश पनि छठ पर्वले दिएको छ । विशुद्ध कृषिजन्य उत्पादन र वस्तुको प्रयोग हुने, बलिप्रथा र हिंसाजन्य क्रियाकलाप नहुने यो पर्व मानव र प्रकृति प्रेमको सन्देश दिन सफल भएको छ ।

Global Ime bank

गाउँका दाजुभाइ दिदीबहिनी मिलेर तयार गरी विधिपूर्वक मनाइने यो पर्वले सुमधुर सम्बन्ध र आपसी सहयोगको उदाहरण पनि प्रस्तुत गरेको हुन्छ । छठकै निम्ति नदीनाला, पोखरी र तलाउहरू सफा सुग्घर र शुद्ध पारिन्छ । छठ पूजामा प्रयोग हुने संगीत, भजन, आराधना र भक्तिले व्यक्तिलाई भित्रैदेखि शान्त, सहज, प्रेमिल र आनन्दित बनाउनँछ ।

विश्वास, आस्था र प्रेमको नाम नै धर्म हो । व्यक्तिको आन्तरिक  स्वभाव नै धर्म हो । हरेक पर्वलाई धर्म र आस्थासँग जोडेर हेरिनुको तात्पर्य मानिस सधैँ एकोहोरो कर्म र जीवनयापनको भागदौडमा मात्र सीमित रहन चाहँदैन भन्ने नै हुनुपर्छ । बेलामौकामा सामाजिक परम्परा र संस्कारमा सामेल भएर नयाँपनको अनुभूति लिन चाहन्छ । त्यसैले यस्ता पर्वले व्यक्तिलाई भित्रबाट आन्तरिक शान्ति प्रदान गर्छ । 

छठ  पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । 

पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । परिवार प्रेम, स्वास्थ्य र खुसी मानव जीवनका प्रमुख आयाम हुन् भन्ने बोध गराउँछ । घिउ, सख्खर, चिनी, नरिवल, ल्वाङ, सुकुमेल, छोडा, सोंपलगायत मसलाहरु मिसाएर तयार पारिएको छठ विशेष परिकार ठेकुवा, चामलको पिठोको भुसुवा र फलफूल यस पर्वका आकर्षण मानिन्छन् ।

पूजा र आराधनाका लागि तयार पारिएका विविध सामग्रीयुक्त प्रसादले सजिएको छैंटीलार्इ श्रद्धापूर्वक जो कोहीले पनि आफ्नो शिरमा बोकेर नदी किनारसम्म लैजाने चलन अर्को आकर्षण हो । यसरी विधिपूर्वक सजाइएका सामग्रीहरू जलाशय किनारमा फिँजाएर राखिन्छ र पानीमा पसेर एक एक सामग्रिलार्इ बाँसको चोयाले बनेको अर्को परम्परागत सामग्री सुपलीमा राखेर डुबुल्की मार्दै व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिने विधि रमाइलो देखिन्छ । 

यतिबेला धान भित्र्याउने समय पर्ने हुनाले नयाँ उत्पादन नयीको रूपमा प्रसाद स्वरूप ग्रहण गर्ने प्रचलन छ । नयाँ धानको चिउरा कुट्ने र त्यसलाई प्रसादको रुपमा प्रयोग गर्ने प्रचलनले कृषि कर्मको महत्त्व र कृषि जीवनको आधार हो भन्ने दर्शाउँछ । भातृत्व प्रेम, प्रकृति प्रेम, कल्याण, मानवीयता, सद्भाव, मानव सभ्यता र आत्मानुशासन कायम राख्न निरन्तर प्रेरित गर्ने छठ पर्वले मानव र प्रकृतिको देनलाई अरू महत्त्वपूर्ण आयामले प्रकाश पारेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  २०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC