site stats
बाह्रखरी :: Baahrakhari
देश
चिनियाँ राष्ट्रपतिको सुरक्षा : सेनाको हवाई गस्तीदेखि 'फ्री तिब्बत' गतिविधिको निगरानीसम्म

फाइल तस्बिर


काठमाडौं । नेपालसहित चीन र भारतले पनि चीनका राष्ट्रपति सी जिनपिङको आगामी विदेश भ्रमणका बारेमा औपचारिक रुपमा बुधबार वक्तव्य प्रकाशित गरी तालिका सार्वजनिक गरेका छन् । 

तीनवटै देशले एकैसाथ भ्रमण तालिका सार्वजनिक गरेका हुन । नेपालमा चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण आगामी शनिबार र आइतबार हुनेछ । उनले एक रात नेपालमा बिताउनेछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चिनियाँ राष्ट्रपति आउने चर्चासँगै नेपालका चारवटै सुरक्षा निकायले आवश्यक तयारी थालेका थिए । नेपाली सेनाको कमाण्डमा हुने सुरक्षा टोलीको पहिलो घेरामा सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी र चौथोमा राष्ट्रिय अनुसन्धान विभागको टोली रहनेछ ।

चिनियाँ राष्ट्रपतिको उच्च सुरक्षा प्रबन्ध मिलाइएको सुरक्षा अधिकारी बताउँछन । सुरक्षाका लागि नेपाली सेना लगायत चारओटै सुरक्षा निकायले परिचालन समेत भइसकेका छन । सीको सुरक्षाका लागि पाँच हजार बढी नेपाली सेना परिचालन भएको बताइएको छ ।

यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत उल्लेख्य मात्रामा परिचालन गरिनेछ । चिनियाँ राष्ट्रपतिलाई सडकदेखि हवाई मार्गमा समेत सुरक्षा प्रदान गरिनेछ । 

सी जाने काठमाडौं सबै स्थानको आकासमा नेपाली सेनाको हेलिकप्टरले हवाई गस्ती गर्नेछ । अति विशिष्ट व्याक्तिको सुरक्षा कमाण्ड यसअघि समेत नेपाली सेनाले नै गर्दै आएको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी उत्तम राज सुवेदीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक सम्पूर्ण तयारी भएको बताए । 

उनका अनुसार सम्भावित सबै कुराहरुको ख्याल गर्दै उच्च सुरक्षा प्रबन्ध मिलाइएको छ । उनले भने,‘‘हामीले फ्रि तिब्बत गतिविधीको निगरानी, काठमाडौं भित्रिने नाकामा कडाई, चेकजाँच, सूचना संकलनलाई तिव्रता दिएका छौं ।’’नाकामा तालिम प्राप्त कुकुरहरूबाट समेत चेकजाँचको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  १५:५५
प्रतिक्रिया दिनुहोस्