site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वस्थ मानिसलाई सय ग्राम मासुले पुग्छ
Sarbottam CementSarbottam Cement

मासुमा प्याप्त प्रोटिन हुने हुदाँ थोरै मात्रामा सेवन गर्दा पनि शरिरलाई पुग्ने हुन्छ । दसैंमा अधिकांशको बानी के हुन्छ, भने मासु बढी खाने र अन्य सागसब्जी कम खाने तर त्यस्तो गर्दा स्वास्थ्यमा समस्या देखिने गरेको पाइन्छ । एकैपटक धेरै मासु खानु हुँदैन । एउटा स्वस्थ्य मानिसले दिनमा एक सय ग्रामसम्म  मासु खान सक्छन् । स्वास्थ्य र सफा मासु हुनुपर्छ । 

तर कुनै पनि रोगहरु छ भने खानु हँुदैन । एउटा सानो कचौरामा मासु र अरु मौसमी फलफूल र सागसब्जी खानुपर्छ । छाला, कलेजो र वोसो खानुहँुदैन । हामीले खाना स्वस्थ्यको औाषधीको रुपमा खानुपर्छ । तर हामीले खानेखाना र मासु कतिको स्वास्थ्य छ । त्यसमा ध्यान नदिँदा हामीलाई विभिन्न रोगहरु देखिन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी मासुहरुका धेरै परिकार बनाएर खाने गरेको देखिन्छ । जसमा बढी मसला राख्ने, चिल्लो र पिरो राखेर खाने समेत गरेको देखिन्छ । जसले कतिपयलाई तत्कालीन कुनै न कुनै समस्या देखिन्छ भने यदि तत्कालै नदेखिए पनि पछि कुनै न कुनै दिर्घरोगहरु देखिने गरेको पाइन्छ । 

तेलमा भुटेको, तारेको पोलेको सेकुवा  र मसलेदार  मासु खानु शरीरका लागि झनै हानिकारक हुने हुन्छ । यस्ता खानेकुराले कुनै पनि समस्या नभएकालाई कोलेस्ट्रोल र युरिक एसिडको समस्या देखिने हुन्छ । 

Global Ime bank

मासु खाने तर शारीरिक व्यायाम नगर्ने लामो समयसम्म एकै स्थानमा बस्ने गरेको देखिन्छ । जसले स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने हुन्छ । शारीरिक व्यायाम नियमित गर्नुपर्छ । अत्यधिक चिल्लो मसलेदार  मासुले विभिन्न रोगका बिरामी हुनुहुन्छ भने तपाईंको रोगहरु अझ बढ्ने हुन्छ । 

त्यस्तो समस्या आउन नदिन स्वास्थ्यलाई ख्याल गरेर मौसम अनुसारको फलफुल र सागसब्जी बढी खाने थौरै मात्रामा सादा मासु खाँदा खासै असर गर्दैन । पोलेको, साँधेको मासुले क्यान्सर गराउने हुन्छ भने पाचन प्रणालीमा समेत समस्या निम्त्याएको पाइन्छ । क्यान्सर मुटु, युरिक एसिड मधुमेहका बिरामीहरुले सकेसम्म रातो मासु खानु हुँदैन् । 

रक्तचाप र युरिक एसिडको समस्या भएकाले शरीरलाई चाहिनेभन्दा बढी मासु खाँदा गम्भीर समस्या देखिन सक्ने हुन्छ । यस्ता बिरामीले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर चिल्लो, नुन र मसला कम राखेर खानुपर्छ । काचो मासु खानु हुँदैन । मासुलाई राम्रोसँग पकाएर खानुपर्छ । सकेसम्म लामो समयसम्म मासु राख्नु हुँदैन् । यदि मासुलाई धेरै दिनसम्म राख्नुपरेमा पनि फ्रिजमा राख्नुपर्छ । मासु पकाउदा थोरै  मसला, चिल्लो र नुन राखेर पकाएर खाएमा स्वस्थ्यकर हुन्छ ।

(पोषणविद् महर्जनसँग गरिएको कुराकानीमा आधारित) 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC