site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
राष्ट्रपति सीको स्वागतको वातावरण  निर्माण
Sarbottam CementSarbottam Cement

कुनै ठूलै कारण नपरे चीनका राष्ट्रपति सी जिनपिङ केही साताभित्रै नेपाल भ्रमणमा आउनेछन् । सरकारहरूले भ्रमणको मिति त घोषणा गरेका छैनन् तर तयारी भइरहेको छ । राष्ट्रपति सी भारत भ्रमणसकेर नेपाल आउने कार्यक्रम रहेको बताइएको छ । यही अक्टोबर ११ देखि सीले भारत भ्रमण गर्ने कार्यक्रम सार्वजनिक भइसकेकाले नेपाल आउने मिति पनि स्वतः अनुमान गर्न सकिन्छ । चीनका राष्ट्रपतिको नेपाल भ्रमण २३ वर्षपछि हुन लागेको हो । यसअघि सन् १९९६ मा चीनका तत्कालीन राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए । राष्ट्रपति सीको नेपाल भ्रमणप्रति सर्वसाधारण जनतामा समेत गहिरो चासो र चाख देखिएको छ । नेपालमा चीनको मित्रताप्रति जनस्तरमा पनि अविश्वास छैन । चीनप्रति नेपाली समाजमा कुनै गुनासो र कटुता छैन । छिमेकीहरूबीच यस्तो सद्भाव बिरलै देखिन्छ ।

राष्ट्रपति सीको भ्रमणमा सहयोगका ठोस निर्णयहरू हुने अपेक्षा धेरैले गरेको देखिएको छ । भ्रमणका अवसरमा रेल, सडक, सुरुङमार्ग, जलविद्युत् निर्माण र प्रसारणलगायत पूर्वाधारका केही योजनामा वार्ता हुने बताइएको छ । मित्रतालाई अनुदानसँग दाँज्ने बानी परेका नेपाली राजनीतिकर्मी र अर्थशास्त्रीहरूले भ्रमणको सफलताको मापन परियोजना सम्झौताका आधारमा गर्न पनि सक्छन् । तर, राष्ट्रपति सीको भ्रमणको महत्त्वलाई परियोजनासँग दाँज्नु मूर्खता हुन्छ । यति नै बेला कुनै परियोजनामा सम्झौता हुन सकेन वा कुनै योजना वा अनुदानको घोषणा भएन नै भने पनि राष्ट्रपति सीको भ्रमणको महत्त्व कम हुँदैन । उनी नेपाल आएर देखाएको सद्भाव अनुदानभन्दा धेरै मूल्यवान् हुन्छ । विशेषगरी नाकाबन्दीबाट आत्तिएका बेला उनको नेतृत्वमा चीनले दिएको आडभरोसको गुन नेपालीले जनताले बिर्सेका छैनन् । यसै पनि अतिथिसँग याचना गर्नु नेपाली संस्कार विपरीत हुन्छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति सीको भ्रमणलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताले दलगत स्वार्थ पूरा गर्न प्रयोग गर्न खोज्नु हुँदैन । नेकपा र यसका नेताहरूको महत्त्वाकांक्षा र मूर्खताले राष्ट्रपति सीको भ्रमणको ओज घट्यो वा विवादमा पर्न गयो भने देशकै लागि दुर्भाग्य हुनेछ । यस्तै, विपक्षी दलहरूले पनि नेकपाका नेताहरूको मूर्खता र अहंकारको रिसमा राष्ट्रपति सीको भ्रमणको महत्त्व कम हुने वा विवादमा पर्ने कुनै काम गर्नु प्रत्युत्पादक हुनेछ । राष्ट्रपति भ्रमणका अवसरमा सुरक्षा सर्तकता अवश्यक पनि बढ्नेछ । विशेषगरी तिब्बती समुदायप्रति निगरानी बढाइनु स्वाभाविकै हुन्छ । तर, सरकारले तिब्बतीहरूसँग यति बेला गर्ने व्यवहारमा विशेष सजग हुनुपर्छ । अलिकति पनि असावधानी वा बढी शक्ति प्रयोग भयो भने प्रत्युत्पादक हुनसक्छ भन्ने पनि हेक्का राख्नुपर्छ ।

सरकारी अधिकारीको सानो असावधानी वा गल्तीबाट विश्वभर गलत असर पर्नसक्छ । राष्ट्रपति सीको भ्रमणका क्रममा कुनै पनि प्रकारको अप्रिय घटना नेपालका लागि सह्य नहुने स्पष्ट जानकारी नेपालमा रहेको तिब्बती समुदायलाई दिनुपर्छ । यस्तै, उनीहरूलाई विनाकसुर नसताइने आश्वासन पनि दिनुपर्छ । राष्ट्रपति सीको भ्रमणका अवसरमा संसारको ध्यानमा केन्द्रित हुने हुनाले पनि बढी सावधान हुनुपर्छ । पश्चिमा सञ्चार माध्यमले राष्ट्रपति सीप्रति नेपालीको भावनात्मक सद्भाव हैन कुनै चुक फेला पारे भने त्यसैको प्रचार प्रसार गर्नेछन् । यतिबेला सरकारी अधिकारीहरूको कुनै क्रियाकलापबाट लोकतन्त्र, मानव अधिकारजस्ता मूल्य मान्यताको उल्लंघन भएमा त्यसको अवगालको छिटा राष्ट्रपति सीमाथि पनि पर्न सक्छ । सबै नेपालीले हार्दिकतापूर्वक राष्ट्रपति सीको स्वागत गर्ने र उनको नेपाल बसाइ सुखद एवं चिरस्मरणीय हुने वातावरण बनाउन नेपाल सरकार नचुकोस् ! 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC