site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालको समृद्धि र भविष्य पर्यटनकै काँधमा छ
Ghorahi CementGhorahi Cement

नेपालको पर्यटन प्रवर्द्धन, नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन तथा गल्फ खेलको विकासका लागि बाह्रखरी मिडियाले यसवर्ष सगरमाथा क्षेत्रमा अर्थात् गल्फ प्रतियोगिता आयोजना गरेको छ । सम्भवतः संसारकै अग्लो स्थानमा गल्फ प्रतियोगिता हुँदा नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने ग्लोबल आईएमई बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल बताउँछन् ।
नेपालको पर्यटन प्रवर्द्धन र गल्फमा केन्द्रित रहेर ग्लोबल आईएमई बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत ढकालसँग गरिएको कुराकानीः

नेपालमा खेलकुद र पर्यटनको सम्भावनालाई कसरी नियाल्नुभएको छ ?

नेपाल पर्यटन र खेलकुद दुवैको सम्भावना बोकेको मुलुक हो । पर्यटनको कुरा गर्दा नेपालमा आयआर्जनको मूख्य स्रोतमध्ये पर्यटन पर्दछ । नेपाल पर्यटनको सम्भावना बोकेको मुलुक भएकाले यसको प्रवद्र्धन गरिए नेपालको समृद्धि र भविष्य पर्यटनकै काँधमा छ । खेलकुदको हकमा नेपालमा खेलकुदप्रतिको जागरण बढेको छ । युवापुस्ता फुटबल, क्रिकेटलगायत अन्य खेलमा युवाहरुको सहभागिता बढ्दो छ । नेपाल स्वयम्ले पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Agni Group

यसैगरी अन्तर्राष्ट्रिय जगतमा सहभागिता भइ थुप्रै उपलब्धि हासिल हुँदै आएको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालप्रतिको चासो छ । भारतीय प्रधानमन्त्रीले समेत नेपाली खेलाडीको नाम लिनुले नेपालको खेलकुदको चर्चा चुलिँदो छ । अर्कोतर्फ स्वस्थ रहन पनि विभिन्न प्रकारको खेल खेलिन्छ ।

Global Ime bank

खेलकुदको धेरै आयाममध्ये गल्फ पनि एक हो । यो खेललाई कसरी लिनु भएको छ ?

नेपालमा गल्फ धेरै गतिविधि हुने गरेका छैनन् । गल्फ खेल्ने खेलाडीको संख्या पनि कमै छ । तर, उहाँहरुको आस्था, उपस्थिति र सक्रियता निकै छ ।

नेपालमा हुने गल्फ प्रतियोगिता र यसले भित्र्याउने ‘हाइ–एन्ड टुरिस्ट’ प्रति तपाईंको बुझाइ के छ ?

गल्फ नेपाललाई विश्वमा चिनाउने एउटा माध्यम बन्न सक्छ । तपाईंले भनेझैं गल्फ खेलले हाइ–एन्ड टुरिस्ट पक्कै भित्र्याउँछ । अग्लाअग्ला हिमाललाई पृष्ठभूमिमा राखेर गल्फ खेल्दा नेपाल विश्वमा चिचिन्छ र साथसाथै महंगो खेल भनेर चिनिने गल्फले अर्थतन्त्रमा ठूलो मात्रामा योगदान दिन्छ ।

साँच्चै गल्फले विभिन्न देशका हाइ–एन्ड पर्यटक भित्र्याउँछ । बैंकका प्रमुख कार्यकारी अधिकृत, उच्च ओहोदा सरकारी अधिकारी, खेलाडीहरु, चियरम्यान, सेलिब्रिटी जोजो गल्फ खेल्छन्, उनीहरुलाई भित्र्याउन सकिन्छ । अनि उनीहरुले पार्ने प्रभाव भनेको दीर्घकालीन हुन्छ । नेपालको प्रभावकारी प्रचारप्रसार हुन्छ ।

नेपाल गल्फ खेल्न लायक भूमि हो भनेर कसरी मान्नुहुन्छ ?

बाह्रैमास गल्फ खेल्न सकिने मुलुक नेपाललाई गल्फको निकै सम्भावना बोकेको मुलुक मानिन्छ । मौसमले साथ दिएकै छ भूबनोटले साथ दिएको छ । बाहरिजस्तो पर्याप्त ठाउँ नभए पनि जेजति छ सबैलाई विस्तार गर्दै गल्फ कोर्स बनाउन सकिन्छ । खप्तड जस्ता प्राकृतिक गल्फ कोर्स छन् । मैदान ग्रिनरी मेन्टेन गर्न सके त्यहीँ गल्फ खेल्न सकिन्छ ।

बाह्रखरीले आफ्नो संस्था र केही निजी क्षेत्रका लागिमात्र गल्फ प्रतियोगिता आयोजना गरेको हामीलाइ महसुस हुँदैन । देशकै पर्यटन प्रवर्द्धन गर्न उसको भूमिका देखिन्छ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा यस्तो किसिमको कार्यक्रम आयोजना हुँदा संसारमै पर्यटन र खेलकुदमा नेपाली अगाडि छ भन्ने सन्देश जान्छ ।
खेलाडी तथा मिडिया कभरेजका आधारमा नेपाल विश्वमै परिचित हुन्छ । यसमा सरकार र निजीक्षेत्रले साथ दिएको छ ।

यो देशका लागि अवसर हो । हाइ–एन्ड पर्यटक आउने भएकाले अर्थतन्त्रमा योगदान त हुन्छ नै । तर मैले यसअघि भने झैं प्रचारप्रसार पनि उल्लेख्य मात्रामा हुन्छ । हामीलाई यो सोच र कन्सेप्ट नयाँ लाग्यो । देशलाई विदेशमा चिनाउने अवसर भएका कारण हामी यो प्रतियोगितालाई साथ दिनुपर्ने भाव विकास भयो । 

भविष्यमा निजीक्षेत्र यसरी नै मिलेर देशमा हाइ–एन्ड टुरिजम कसरी प्रवद्र्धन गर्न सक्छन् ?

एकअर्काले गरेको सुरुवातमा निजीक्षेत्र होस्टेमा हैंसे गर्नुपर्छ । सरकार एक्लैले यो काम गर्न सक्दैन । यसका लागि निजीक्षेत्र, मिडिया र सबै सरोकारवाला निकायले साथ दिनुपर्छ, प्रवद्र्धन गर्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा भिजिबिलिटि पुग्नेगरी यस्ता किसिमको कार्यक्रम आयोजना गरे नेपाल संसारमा चिनिन्छ । यो हाम्रो दायित्व हो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC