देश

कञ्चनपुर । जिल्लाको वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपको ठक्करबाट ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ ।
विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार चन्दलाई मंगलबार राति ठक्कर दिएको थियो । गम्भीर घाइते भएका चन्दको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ठक्कर दिने जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
प्रकाशित मिति: बुधबार, असार १८, २०८२ ०८:१९
प्रतिक्रिया दिनुहोस्