काठमाडौं । कृषि विकास बैंक सिरहाको लहान शाखाबाट ट्रान्सफर गरी डेढ करोड रुपैयाँ ह्याक गरेर लुटिएको छ । प्रहरीले दिएको जानकारीअनुसार लहान शाखाबाट काठमाडौं केन्द्रीय कार्यालयमा रकम ट्रान्सफर गरेर ह्याकरले सो रकम लुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका तीनैजना नेपाली नागरिक रहेको प्रहरी उच्च स्रोतले जानकारी दियो ।
बैंकको सिस्टम नै ह्याक गरेर रकम लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिँदै स्रोतले भन्यो–यस विषयम महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ ।” प्रहरीले बैंकको विज्ञ टोलीको सहयोगमा अनुसन्धान प्रक्रिया अघि बढाएको स्रोतले जानकारी दियो । “कृषि विकास बैंक केन्द्रीय कार्यालयले सिरहा प्रहरीलाई रकम लुटिएको बारेमा जानकारी गराउँदै खोजीदिन आग्रह गरेपछि यो विषय बाहिर आएको हो,”स्रोतले भन्यो, “अनुसन्धान जारी छ । अहिले नै सबै विषय बताउन मिल्दैन ।”