site stats
बाह्रखरी :: Baahrakhari
विदेश
संसद निलम्बन गर्ने जोन्सनको निर्णय गैरकानुनी: अदालत

स्कटल्यान्डको उच्च अदालतले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले गरेको पाँच साताका लागि बेलायतको संसद निलम्बनको निर्णय गैरकानुनी भएको ठहर गरेको छ । अदालतले बुधबार सांसदले हालेको रिटमाथि सुनुवाई गर्दै गैरकानुनी भएको ठहर गरेको हो । 

बेलायतको संसद सेप्टेम्बर १० अर्थात सोमबारदेखि अक्टोबर १४ सम्म निलम्बन गरिएको छ । विपक्षी सांसदहरुले उक्त कदमको व्यापक विरोध गरिरहेका छन् । उनीहरुले युरोपियन युनियनबाट बाहिरिनका लागि योजना बनाउन र विपक्षीलाई उक्त कदमको विरोध गर्नबाट रोक्न यस्तो निर्णय गरेको बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अदालतको आदेशपछि स्कटिश राष्ट्रिय पार्टीका सांसद जोना चेरीले स्काइ न्युजसँग कुरा गर्दै भने, "हामीले तत्काल संसद बोलाउन आग्रह गरेका छौं ।" यस विषयमा प्रधानमन्त्री कार्यालयले भने कुनै प्रतिक्रिया दिएको छैन । 

यसअघिको शुक्रबार लन्डनको उच्च अदालतले भने बेलायतको संसद निलम्बन गैरकानुनी भएको भन्दै परेको रिट रद्द गरेको थियो । उक्त रिटमाथिको सुनुवाई सेप्टेम्बर २७ मा बेलायतको सर्वोच्च न्यायिक निकाय, सर्वोच्च अदालतमा सुनुवाई हुने भएकोले उच्च अदालतले रिट रद्द गरेको थियो ।
रोयटर्स

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १६:३३
प्रतिक्रिया दिनुहोस्