site stats
बाह्रखरी :: Baahrakhari
खेल
नयाँ सफलताले खुसी बनाएको छः मार्टिनेज

एजेन्सी । जर्नेन्टिनी फुटबल टोलीले मेक्सिकोविरुद्धको मैत्रीपूर्ण खेलमा शानदार जित निकालेको छ । बुधबार बिहान भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई ४–० गोल अन्तरले पराजित गर्यो ।

उक्त खेलमा अर्जेन्टिनाका युवा खेलाडी लौटारो मार्टिनेजले खेलको ३९ मिनेट नपुग्दै ह्याट्रिक गरे । खेलको १७ औँ मिनेटमा पहिलो गोल गरेका उनले ३३ औँ मिनेटमा दोस्रो गोल गर्दा ३९ औँ मिनेटमा ह्याट्रिक पूरा गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मार्टिनेजको अर्जेन्टिनाका लागि यो पहिलो ह्याट्रिक हो । खेलपछि मिडियासँग कुरा गर्दै उनले आफ्नो पहिलो सफलतामा खुसी लागेको बताएका छन् । “म धेरै खुसी पनि छु र उत्साहित पनि छु । आजको सफलताले मलाई धेरै उत्साहित बनाएको छ । यो जर्सिमा सधै ह्याट्रिक गर्ने चाहना हुन्छ,” मार्टिनेजले भने ।

मार्टिनेज हाल अर्जेन्टिना फुटबलका लागि निकै महत्वप्पूर्ण खेलाडीको रुपमा रहेका छन् । उनले हालसम्म अर्जेन्टिनाका लागि १३ खेलमा ९ गोल गरिसकेका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १३:३६
प्रतिक्रिया दिनुहोस्