site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
छोराछोरीसहित एक महिलालाई नेपाल डिपोर्ट गर्ने इजरायलको तयारी 
Ghorahi CementGhorahi Cement

जेरुसेलम । एक नेपाली महिलालाई उनका दुईजना बच्चासहित इजरायलले नेपाल डिपोट गर्ने निर्णय गरेको छ । ती बच्चाहरु इजरायलमै जन्मेको र उनीहरु भारतीय बाबुका सन्तान हुन् । 

इजरायलको जनसंख्या र अध्यागमन प्राधिकरणले बिहीबार जनाएअनुसार इश्वरा उप्रेती र उनकी ४ वर्षीया छोरी शिरा र ९ वर्षिय छोरा माइकललाई विमान चढाएर आज शुक्रबार नेपाल फर्काउन लागिएको हो  । सो फ्लाइट भारतमा रोकिएर नेपाल जाने बताइएको छ ।  ‘उनी नेपाल जान चाहे पनि वा भारतमै रहन चाहे पनि रहन सक्ने’ सीमा नियन्त्रण सम्बन्धी अधिकारी इलिमेलेक वेचलरले आफ्नो आदेशमा लेखेका छन् । 

तर, पुनरावेदन सम्बन्धी तेल अभिभमा रहेको एउटा न्यायाधीकरणले भने उनीहरुको डिपोटलाई रोक्न निर्देशन दिएको छ र आइतबारसम्म परिवारको भनाइको सुनुवाई गर्न आग्रह गरेको छ । 

Agni Group

परिवारका वकिल डेभीड टाडमोरले डिपोर्टेसनले परिवारकै विछोड हुने जनाउँदै उप्रेतीले भारतमा कानुनी स्ट्याटस नपाउने जिकिर गरेका छन् । गएको साता उनी र उनका बच्चाहरुलाई गिभोन जेलमा लगिएको थियो र त्यहाँ उनीहरु डिपोटको समय पर्खेर बसेका थिए ।

हिरासतका न्यायाधीश इलान हालेभ्गाले उनीहरुको सोमबारको सुनुवाईसम्म त्यहीँ बस्न आदेश दिएका छन् । बाबु भारतीय भएका ती बालबालिका इजरायलस्थित नेपाली दूतावासमा दर्ता छैनन् ।  उनीहरु नेपालीको रुपमा गणना नहुने समेत जनाइएको छ । उनीहरुका बाबुलाई अध्यागमन कार्यालयले दबाब दिएर आवश्यक व्यवस्था गर्न आग्रह गरेको छ ताकि उनीहरुलाई भारतमा डिपोट गर्न सकियोस् । विदेशी पति इजरायलमा होम हेल्थ एडको रुपमा कार्यरत रहेको तर छुट्टै सहरमा बस्ने गरेका छन् । उनी दुई महिनामा एक पटक मात्रै बच्चाहरुलाई भेट्न आउने गरेका थिए । 

Global Ime bank

उनले बच्चाहरुलाई पनि अहिले मद्धत नगरेको जनाइएको छ । पुनरावेदनका क्रममा टाडमोरले आमालाई इजरायलले अमानवीय धम्की दिएको आरोप लगाएका छन् । 

उनले महिला तथा बालबालिकालाई तत्कालै धरौटीमा रिहा गर्नुपर्ने माग समेत गरेका छन् । उनले बच्चाहरुको अवस्था जेलमा राम्रो नभएको समेत जनाए । उनीहरुसँग फेर्ने लुगा पनि नभएको जनाउँदै उनीहरुले साबुन मागेको तर नदिइएको समेत जनाएका छन् । 
४ वर्षीया बालिकाले जेलमा राम्रो खाना पनि नपाएको र आमा चाहिँ जतिबेलै रोइरहेको वकिलले जनाएका छन् । 

उप्रेती सन् २००७ मा वैध रुपमै इजरायल प्रवेश गरेकी थिइन् । उनी होम हेल्थ एडका रुपमा गएकी थिइन् । तर, उनको छोरा जन्मिएपछि भीसा नवीकरण नभएको जनाइएको छ । उनी र उनका बच्चा गएको बिहीबार पक्राउ परेका हुन् । छोरा उनको बाबुकहाँ गएको भए पनि उनी पनि सोही दिन पक्राउ परेका थिए । हिरासतका न्यायाधीश राजा मार्जूकले यो अवस्थामा त्यो परिवारलाई थुनामुक्त गर्नुपर्ने कुनै कारण नदेखिएको जनाएका छन् । 

उनीहरुको डिपोट अवैध हो कि होइन भन्ने पनि उनले खुलाउन चाहेका छैनन् । मनोविद्हरुका अनुसार ती बच्चालाई डिपोट गरिए उनीहरुलाई ‘गम्भीर चोट’ पर्न सक्ने जनाएका छन् । 

(हरेट्ज डट कम)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC