site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतीय बैंकबाट एक करोड ७० लाख नेपाली रकम चोरी

काठमाडौं । नेपालका विभिन्न सातवटा बैंकबाट रकम चोरी भइरहेकै बेला भारतबाट पनि नेपाली बैंकको रकम चोरी भएको खुलेको छ ।

नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानबाट नेप्समा आवद्ध सदस्य बैंकहरुको क्लोन भिसा कार्ड प्रयोग गरी भारतका २४ बैंकको एटीएम मेसिन प्रयोग गरी एक करोड पाँच लाख ८७ हजार दुई सय भारतीय रुपैयाँ निकालिएको पाइएको छ ।

Argakhachi Cement Island Ad

यसरी १३२ एटीएमबाट नेपाली रुपैयाँ एक करोड ६९ लाख ३९ हजार पाँच सय २० रुपैयाँ निकालेको पाइएको हो । नेपालका जम्मा सातवटा बैंकबाट ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ बराबर रकम चोरी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो रकम सातवटा विभिन्न बैंकको हो । जसमा १७ वटा बैंकका ६८ वटा एटीएम प्रयोग गरेको देखिन्छ ।

यस्तो छ नेपाल राष्ट्र बैंकको प्रतिवेदनको सारांश 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६  १३:५३
प्रतिक्रिया दिनुहोस्