site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको सम्पत्ति विवरण माग गर्दै सयौं युवा अख्तियार दुरूपयोग अनुसन्धान आयोग जाँदैछन् । अहिले विहान ११ बजे सयौं युवाले फर्म भरेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सूचना अधिकारीलाई बुझाउने भएका छन् । उनीहरूले सूचना तथा विवरणको प्रतिलिपि पाउँ भनेर आग्रह गर्दै फर्म बुझाउने तयारी गरेका हुन् ।  ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त सम्मानित श्री लोकमान सिंह कार्कीज्यूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण तोकेको निकाय वा अधिकारीसमक्ष पेश गर्नुपर्ने हुन्छ । उक्त भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रमुख आयुक्त सम्मानित श्री लोकमान सिंह कार्कीज्यूले अद्यावधिक सम्पति विवरण तोेकेको निकाय वा अधिकारी समक्ष पेश गर्नुभएको छ वा छैन, त्यसको यथेष्ट सूचना तथा जानकारी प्राप्त गरि पाउँ । साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को प्रावधान बमोजिम अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त सम्मानित श्री लोकमान  सिंह कार्कीज्यूले पेश गर्नुभएको अद्यावधिक सम्पति विवरणको सूचना तथा जानकारी प्राप्त गरि पाउँ,’ निवेदनमा भनिएको छ । उक्त सूचना छिटोभन्दा छिटो उपलब्ध गराउन युवाहरूले माग गरेका छन् । उनीहले सूचना उपलब्ध गराउँदा लाग्ने कानुन बमोजिमको शुल्क बुझाउन तयार रहेको बताएका छन् ।
 
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३  ०९:३०
प्रतिक्रिया दिनुहोस्