site stats
बाह्रखरी :: Baahrakhari
देश
पठाओको ‘कार लाइट’ सेवा सुरू, नियम बनाइदिन सरकारसँग आग्रह

काठमाडौं । पठाओ कम्पनीले सरकारलाई आवश्यक नियम बनाइदिन पटक–पटक आग्रह गर्दा पनि माग सुनुवाइ नभएको बताएको छ ।  मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पठाओ कम्पनीले यस्तो बताएको हो । “नेपाल सरकारको विभिन्न निकायहरुलाई यस्तो सेवालाई सूचना, प्रविधिमा आधारित सेवा भएकाले थप स्पष्ट कानुनी व्यवस्थाका लागि पटक–पटक लिखित जानकारी गराए पनि सरकारी पक्षबाट पहल भएको छैन,” पठाओ कम्पनीका क्षेत्रीय निर्देशक असीममान सिंह बस्न्यातले भने ।

मोबाइल एप्लिकेसनबाट मोटरसाइकल र ट्याक्सीमा यातायात सेवा दिँदै आएको पठाओले विभिन्न सञ्चारमाध्यममा कम्पनीबारे भ्रमपूर्ण समाचार आएको बताएको छ ।  कम्पनीले शुक्रबारबाट ट्याक्सीबाट पनि सेवा सुरु गरेकाले यसबारे भ्रमपूर्ण समाचार आएको बताएको हो । कम्पनीले मङ्गलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा कम्पनीका क्षेत्रीय निर्देशक बस्न्यातले पठाओ कम्पनीले नेपाल सरकारको ऐन, कानूनको अधिनमा रही सर्वसाधारणलाई यातायात सेवा दिइरहेको बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पठाओ नेपाल कम्पनीले नेपाल सरकारको विद्यमान कानुनको अधिनमा रहेर विगत १ वर्षदेखि नेपालमा आधिकारिक रुपमा प्रविधिको प्रयोग गरी मोबाइल एप्लिकेसनबाट काठमाडौं उपत्यकाभित्र राइड सेयरिङ सेवा सञ्चालन गरिरहेको छ,” क्षेत्रीय निर्देशक बस्न्यातले भने । शुक्रबारबाट सुरु भएको ‘कार लाइट’ सेवा सरकारले तोकेको ट्याक्सीको भाडा दररेटअनुसार नै सञ्चालनमा रहेको कम्पनीले स्पष्ट पारेको छ । 

लामो दूरीबाट पनि आउनु परेकाले ट्याक्सी बोलाएकै १ सय

पछिल्लो समय विवादमा आएको ट्याक्सी बोलाएकै १ सय रुपैयाँ भाडा लाग्नेबारे कम्पनीले स्पष्ट पारेको छ । “३ किमिसम्म पनि बोलाएका यात्रुलाई लिन जानुपर्दा इन्धन र अन्य खर्च लाग्ने भएकाले बुकिङका लागि सुरुमै १ सय रुपैयाँ लिएका हौं । यात्रुलाई फोन गर्नुपर्ने, अनलाइन बस्दा इन्टरनेटको खर्च आउने हुँदा यो शुल्क लिएका हौं,” क्षेत्रीय निर्देशक बस्न्यातले भने, “यसमा ट्राफिक जाम तथा यात्रुको चाहनाबमोजिम कुनुपर्ने अवधिको लागि लाग्ने ‘वेटिङ चार्ज’बापत प्रतिमिनेट १ रुपैयाँ पनि समायोजन गरेका छौं ।”

पठाओमा मोटरसाइकल र ट्याक्सीबाट सेवा लिने यात्रुलाई आफ्नो गज्तब्यमा पुगेपछि मोबाइल एप्समा उठेको रकम निश्चित गरेर भाडा तिर्न पनि कम्पनीले यात्रुसँग आग्रह गरेको छ ।
 
  
 
 

  

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १८:५९
प्रतिक्रिया दिनुहोस्