site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुन तोलाको ७१ हजार रुपैयाँ, किन्‍नेभन्दा बेच्‍ने बढी

काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको उक्त मूल्य निर्धारण गरेको हो । तेजावी सुन भने ७० हजार ७ सयमा कारोबार भइरहेको छ।  भाउ बढेपछि सुनको कारोबार भने घटेको व्यवसायीहरुले बताएका छन् । तीजको सिजन सुरु भइसक्दा पनि काठमाडौंका सुन पसलमा ग्राहक बढेका छैनन् । सुन किन्नेभन्दा बेच्ने बढी रहेको व्यवसायीको भनाइ छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार विश्वकर्मा साउनमा सुनको मूल्य  घट्छ भन्ने नेपाली सोच भएको बताउँछन् । “साउनमा विवाह, ब्रतबन्धको लगन नहुने भएकाले सुनको मूल्य घट्छ भन्ने नेपाली सोच छ तर यथार्थ त्यस्तो होइन,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा दैनिक २० किलो सुन खपत हुने गरेको छ भने मुख्य सिजनमा यो परिमाण ४० किलोसम्म पुग्छ । 

मूूल्य वृद्धि भएसँगै सुनको कारोबार कमजोर अवस्थामा रहेको विश्वकर्माले जानकारी दिए । अहिले दैनिक करिब १० किलोको हाराहारीमा मात्र सुन खपत भएको छ । 

पछिल्लो एक हप्तामा सुनको मूल्य ह्वात्तै बढेको छ । बढ्ने क्रम जारी छ । महासंघका अध्यक्ष विश्वकर्माले पछिल्लो समय अमेरिका र चीनबीचको व्यापार युद्धको असर, इराक र अमेरीकाबीचको द्वन्द्व, आन्तरिक प्रतिस्पर्धा तथा विश्व बजारमा सेयर बजार कमजोर भएका कारण सुनको मूल्य बढेको बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १२:२५
प्रतिक्रिया दिनुहोस्