site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्नै प्रश्न–मलाई किन भेट्न खोज्नुभयो ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटवार्ता गरेका हुन् । “भेटमा प्रधानमन्त्रीले अध्यक्ष दाहाललाई के सन्दर्भमा भेट्न खोज्नुभएको हो ? भनी प्रश्न गरेपछि अध्यक्ष दाहालले राष्ट्रपतिबाट सहमतिको सरकार गठन गर्न दिनुभएको समयका बारेमा बताउनुभएको थियो,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,“त्यसपछि प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारका बारेमा तपाईको दल र तपाईसँग सहकार्य गर्न खोज्ने नेपाली कांग्रेसको धारणा के हो ? भनी प्रश्न गर्नुभएको थियो ।”
प्रधानमन्त्री ओलीले पहिले राष्ट्रिय सहमतिको सरकारका लागि कांग्रेसको धारणामा स्पष्ट हुन प्रचण्डलाई आग्रह गरेका थिए ।
“प्रधानमन्त्रीले तपाईंलाई समर्थन गर्ने दल नेपाली कांग्रेसको राष्ट्रिय सहमतिको सरकार गठनबारे दृष्टिकोण के हो भनी प्रश्न गर्दै के नेपाली कांग्रेस पनि राष्ट्रिय सहमतिको सरकारको गठनको पक्षमा उभिएको हो ?,” प्रेस सल्लाहकार दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“नेपाली कांग्रेसले संसदमा र सार्वजनिक रुपमा समेत ठूला राजनीतिक दलहरु कांग्रेस र एमाले सँगै सरकारमा बस्न नमिल्ने धारणा सार्वजनिक गर्दै आएको छ । यदि कांग्रेस राष्ट्रिय सहमतिका लागि तयार हो भने सबैभन्दा पहिला उसले आफ्नो धारणा सार्वजनिक रुपमा प्रष्ट्याउनुपर्छ ।” अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने अवस्था रहेपनि आफुले धर्म निर्वाह गर्न वार्तामा आएको बताएका थिए ।
भेटवार्तामा माओबादी केन्द्रका अध्यक्ष दाहालले अब बन्ने सरकारले वर्तमान सरकारले चीन सरकारसँग गरेका सम्झौताहरुको कार्यान्वयन गर्नुका साथै राष्ट्रिय हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  “प्रधानमन्त्री ओलीले यदि अब बन्ने सरकारले राष्ट्रिय हितमा काम गरे, काठमाण्डौं– तराई जोड्ने द्रत्तमार्ग र चीनसँग भएका सहमति  र सम्झौता लगायतका राष्ट्रिय हितका काम कारवाही अगाडि बढाएमा आफु र आफ्नो पार्टीले सहयोग गर्ने तर अबको सरकारको काम कारवाही र व्यबहार हेर्ने बताउनुभएको थियो,” दाहालले भनेका छन् । 
प्रधानमन्त्रीले नेपाली कांग्रेस, माओबादी केन्द्र र मधेसी मोर्चाले छलफल गरी स्थानीय निकायको निर्वाचन चैतमा गर्ने सहमति गरेर आफु र आफ्नो पार्टीलाई निर्णय सुनाउन आउने अनि सहमतिको कुरा गर्ने भनी  उल्टै प्रचण्डसँग प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले अब बन्ने प्रधानमन्त्री चैतमा फेरिने र चैतमा नै निर्वाचन गर्ने कुरामा संगति नमिलेकोले निर्वाचन नै नगराउने षडयन्त्र भएकोमा आशंका व्यक्त गरेका थिए ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १५, २०७३  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC