site stats
बाह्रखरी :: Baahrakhari
देश
ट्राफिक व्यवस्थापन गर्न सबै सार्वजनिक सवारी निःशुल्क गर्ने पहिलो देश 

एजेन्सी । ६ लाख जनसङ्ख्या रहेको भूपरिवेष्ठित देश लक्जमबर्ग युरोपको सबैभन्दा सानो मुलुक भएपनि त्यहाँ ट्राफिक जामको समस्या पछिल्लो समय गम्भीर बन्दै गइरहेको थियो । यसैकारण त्यहाँको सरकारले ट्रली, बस, रेललगायतका सबै सार्वजनिक सवारी निःशुल्क बनाउने घोषणा गरेको हो । यसरी लक्जम्बर्ग सबै किसिमका सार्वजनिक सवारी निःशुल्क बनाउने पहिलो देश बन्ने भएको छ ।

वास्तवमा त्यहाँ प्रतिहजार व्यक्तिमा ६६२ ले निजी सवारीको प्रयोग गर्ने गरेका छन् । यस्तोमा शहरका मानिसहरुले वर्षमा ३३ घण्टा त ट्राफिक जाममै बिताउने गरेको २०१७ को रिपोर्टले देखाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसरी लक्जेम्बर्ग जति नै जनसङ्ख्या भएपनि कोपेनहागेन र हेलिस्की, लक्जेम्बर्ग भन्दा धेरै व्यवस्थित छन् । त्यसैले पनि सरकारको यस्तो निर्णयले वातावरणलाई फाइदा पुर्याउनुका साथै देशको ट्राफिकलाई पनि सहज बनाउने अपेक्षाका साथ २०२० को मार्चदेखि यो सेवा लागु गरिने भएको यातायात मन्त्रालयका प्रवक्ता डेनी फ्रान्कले बताएका छन् ।  

युरोपेली संघमा सबैभन्दा उच्च प्रतिव्यक्ति घरेलु उत्पादन रहेको लक्जेम्बर्ग युरोपका धनी राष्ट्रहरु मध्येमा पर्छ । 
 

प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  ०५:१०
प्रतिक्रिया दिनुहोस्