खेल
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेशका लागि घरेलु टोली इङल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको अष्ट्रेलियाका स्टेभन स्मिथले अर्धशतक बनाएका छन् ।
एड्बेस्टोनमा टस जितेर पहिले ब्याटिङ रोजेका अष्ट्रेलियाका लागि स्मिथले ७२ बलमा अर्धशतक पूरा गरेका हुन् । कप्तान एरोन फिन्च खाता नै नखोली पवेलियन फर्किएपछि ब्याटिङमा आएका स्मिथले अहिलेसम्म ४ चौका प्रहार गरेका छन् ।
फिन्च लगत्तै ओपनर डेविड वार्नर क्रिस वोक्सको बलमा बेयस्ट्रोमार्फत क्याच भएपछि दबाबमा परेको अष्ट्रेलियालाई स्मिथले उकासीरहेका छन् । स्मिथलाई मार्कुस स्टोनिसले साथ दिइरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६ १७:२४
प्रतिक्रिया दिनुहोस्