site stats
बाह्रखरी :: Baahrakhari
विदेश
 भारतबाट १९ पाकिस्तानी बन्दी रिहा

अमृतसर । भारतले मुक्त गरेका १९ जना पाकिस्तानी कैदीबन्दी अट्टारी–वागा सीमाहुँदै पाकिस्तान प्रस्थान गरेका छन् ।

जासुसी र गैरकानुनी रुपमा भारतमा रहेबसेको आरोपमा पक्राउ परेका पाकिस्तानीमध्ये १९ जनालाई भारत सरकारले छाड्ने आदेश दिएको थियो । भारतीय जेलबाट मुक्त भएका विकास अहमदले सन् २००९ मा आफूलाई भारतीय प्रवेशाज्ञा नभएको आरोपमा पक्राउ गरिएको बताए । उनले भिसा नभएकै कारण १० वर्ष भारतीय जेलमा राखिएको पनि बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतीय जेलमा १३ महिना बन्दी रहेका माझी मुस्तफाले भारत र पाकिस्तानले जेलमा रहेका सर्वसाधारणलाई छोड्नु स्वागतयोग्य कदम रहेको बताए । पछिल्ला दिनहरुमा दुबै मुलुकले एकअर्का देशको थुनामा रहेका नागरिकलाई छाड्नेक्रम बढाएका छन् । पाकिस्तानले गत अप्रिल ३० मा ६० जना भारतीयलाई पाकिस्तानी जेलबाट मुक्त गरेको थियो जसमध्ये ५५ जना माझी थिए । 

पाकिस्तानी जेलबाट मुक्त भएका कैदीहरु पनि तोकिएको जेल अवधि पूरा गरेका र कतिपयलाई अदालतबाट तोकिएको जेलसजाय भन्दा पनि बढी अवधि जेलमा राखिएको थियो । 
भारतले हालैमात्र पाकिस्तानी जेलमा रहेका आफ्ना नागरिकलाई मुक्त गर्न अनुरोध सहित पत्र पठाएको थियो । एजेन्‍सी 

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  २३:१०
प्रतिक्रिया दिनुहोस्