site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मेलम्ची आयोजनाको बाँकी काम मन्त्रिपरिषद् निर्णयपछि मात्र
Ghorahi CementGhorahi Cement

काठमाडौं । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको रोकिएको काम मन्त्रिपरिषद् निर्णयपछि मात्र सञ्चालनमा ल्याउने बताएकी छन् । संघीय संसदको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बेसेको बैठकमा मन्त्री मगरले यस्तो बताएकी हुन् ।

“आयोजनाको बाँकी कामलाई मन्त्रिपरिषद् बैठकको निर्णय गराएर अघि बढाइने छ । स्वच्छ खानेपानीको अभाव हुन नदिने गरी सरकारले आवश्यक काम कारबाही अघि बढाइरहेको छ,” मन्त्री मगरले दाबी गरिन् । ०७५ पुसमा इटालीको सीएमसी कम्पनीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अलपत्र छोडेर हिँडेको र त्यसपछि आयोजनाको बाँकी काम अघि बढाउन नसकेपछि मन्त्री मगरको सर्वत्र आलोचना भइरहेको छ ।

Agni Group

समिति बैठकले उपत्यकाबासीको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकि काम तत्काल अघि बढाउन सरकारलाई कडा निर्देशन दिएको छ । समिति सभापति कल्याणी खड्काले मन्त्री मगर र मन्त्रालयको नेतृत्व तहलाई आयोजनाको बाँकी काम तत्काल अघि बढाउन यस्तो निर्देशन दिएकी हुन् ।

काठमाडौं उपत्यकाबासीको दशकौंको प्रतीक्षा र दैनिक जीवनसँग जोडिएको विषय बनिरहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई तत्काल अघि बढाउन समिति सभापति खड्काले सरकारको ध्यानाकर्षणसकेत गराएकी छन् । समितिले सरकारको नीति तथा कार्यक्रमअनुसार आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न-गराउन पनि खानेपानी मन्त्रालयलाई सचेत गराएको छ ।

Global Ime bank

समितिले राष्ट्रिय खानेपानी तथा सरसफाई नीति र सो सम्बन्धि ऐन शीघ्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देशन गरेको छ । यस्तै शुद्ध खानेपानी वितरण प्रणालीलाई व्यवस्थित बनाउन, भूकम्पले क्षति पु¥याएका खानेपानी आयोजनाहरु छिटो सञ्चालनमा ल्याउन समिति सभापति खड्काले सरकारलाई सचेत गराइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC