site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
समर टिप्सः गर्मीमा कस्तो पहिरन गर्ने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । समर सुरु भएसँगै कस्ता लुगा लगाउने भन्ने कुरा सबैको चासो र चिन्ताको विषय हुन थालेको छ । मौसम अनुसारको पहिरन लगाउनु हरेकको चाहना भइसकेको छ । अझ फेसन रुचाउने जो कोही अरुभन्दा भिन्न पहिरनमा आफूलाई प्रस्तुत गर्न चाहन्छन् ।

बजारमा मौसम अनुसारका धेरै प्रकारका पहिरन पाइन्छन् । मौसम अनुसार लत्ताकपडा प्रयोग गर्ने मान्छेको कमी छैन बजारमा । अर्कातिर शरीरको बनावट अनुसार पहिरन विचार नगर्दा विभिन्न समस्याहरु देखापर्ने त छँदैछ । समयानुसार फेसनेबल लुगा छनोटलाई पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।

फिट र फाइन सबैको रोजाइमा पर्छ । जसले गर्दा शरीरमा समस्या देखा नपर्ने र उचित किसिमको पहिरन छनोट गर्नु सबैभन्दा उत्तम मानिन्छ । युवापुस्ताले गर्मी मौसमलाई फेसनको रुपमा पनि लिने गरेका छन् । गर्मी मौसमलाई स्मार्ट देखाउने मौसमको रुपमा समेत लिइन्छ । जसले गर्दा बजारमा निस्केका विभिन्न कपडाहरुलाई आफ्नो इच्छा अनुसार डिजाइन गरेर लगाउने प्रचलन बढ्दो छ ।

Prabhu Bank
Agni Group
NIC Asia

युवापुस्ताको सोही मागलाई मध्यनजर गर्दै बजार चहार्दा पायौं कि बजारमा पुरुषले प्रयोग गर्ने कपडा भन्दा महिलाले प्रयोग गर्ने कपडाहरु अधिक रहेछन् । बजारमा उपलब्ध सामान्य पहिरनका कपडामध्ये निम्न कपडा उपभोक्ताको रोजाइमा पर्ने गरेको पायौं । 

रक्की पाइन्ट : जिन्स कपडाले बनाइएको तल–माथिसम्म एउटै भएको पाइन्ट हो, रक्की पाइन्ट । यो जिन्स मात्र नभएर सुतीको कपडामा समेत पाइन्छ । रक्की पाइन्ट महिलाको लागि एक चलनचल्ती र रोजाइमा पर्ने पाइन्ट हो ।

Global Ime bank

चेक पाइन्ट : विभिन्न छासमिसे रंगको प्रयोग गरिएको र विभिन्न ठाउँमा प्वाल पारिएको र हेर्दा ग्रन्च पाइन्ट स्टाइलको देखिने पाइन्ट चेक पाइन्ट हो । चेक पाइन्टका कपडाको सुट पाइन्ट समेत सिलाएर लाउने प्रचलन बढ्दो छ । चेक पाइन्ट महिला तथा पुरुष दुवैले लगाउन मिल्छ ।

हट पाइन्ट :  घुँडाभन्दा माथिसम्म आउने छोटो पाइन्ट हो, हट पाइन्ट । हट पाइन्ट महिलाहरुको विशेष रोजाइमा पर्ने पाइन्ट हो । हट पाइन्ट घुमघाम गर्ने समयमा महिलाहरुले बढी प्रयोग गर्ने गरेको पाइन्छ ।

क्वार्टर पाइन्ट : क्वार्टर पाइन्ट महिला तथा पुरुष दुवैको रोजाइमा पर्दछ । घुँडाभन्दा हलका तलसम्म हुने क्वार्टर पाइन्ट सादा तथा छासमिसे दुवै प्रकारमा बजारमा पाइन्छ ।

हाफ पाइन्ट : गर्मी मौसममा महिला तथा पुरुष दुवैको रोजाइमा पर्ने पाइन्ट मध्येमा हाफ पाइन्ट पर्छ । गर्मी मौसममा छोटा–छोटा लुगा सबैको रोजाइमा पर्ने भएकाले गर्मी मौसममा हाफ पाइन्टको चल्ती धेरै हुन्छ । हेर्दा राम्रो र लगाउँदा स्मार्ट देखिने भएकाले हाफ पाइन्ट सबैको रोजाइमा पर्छ ।

ब्वाइफ्रेन्ड पाइन्ट : ब्वाइफ्रेन्ड पाइन्ट महिलाले लगाउने पाइन्ट हो । यसलाई धोक्रे पाइन्ट समेत भनिन्छ । यो पाइन्ट हेर्दा ग्रन्च स्टाइलको देखिने भए पनि कम्मर तलको भाग केही ठूलो हुन्छ । विभिन्न आकार र प्रकारका ब्वाइफ्रेन्ड पाइन्ट बजारमा पाइन्छन् ।

कम्ब्याट पाइन्ट : कम्ब्याट पाइन्ट पुरुषले प्रयोग गर्ने पाइन्ट हो । विभिन्न आकार र प्रकारमा पाइने यो पाइन्टमा धेरै ठाउँमा गोजी हुन्छ । पछिल्लो समय पुरुषले मात्र नभएर महिलाले समेत कम्ब्याट पाइन्ट लगाउने गरेको पाइन्छ ।

सुतीका टिसर्ट : गर्मी मौसममा सुतीका टिसर्ट तथा कपडाहरु सबैको रोजाइमा पर्छन् । सुतीको कपडा नरम हुने र शितलता प्रदान गर्ने भएकाले यो सबैको रोजाइमा पर्छ । गर्मी मौसममा पुरुष तथा महिला दुवैको लागि  सुतीका कपडाहरु लोकप्रिय छन् ।

चेकसर्ट : गर्मी मौसममा चलनचल्तिमा आएका विभिन्न टिसर्टमध्य खण्डखण्ड आकारमा पाइने चेकसर्ट सबैको रोजाइमा पर्छ । चेकसर्ट प्राय फूल बाहुलामा पाइने भएकाले यसले शरीरको धेरै भागलाई सुरक्षित राख्छ ।

जिन्स ज्याकेट  ः जिन्स ज्याकेट जाडो मौसममा मात्र नभएर गर्मी मौसममासमेत उत्तिकै लगाइन्छ । महिला तथा पुरुष दुवैको लागि प्रयोग गर्न सकिने जिन्स ज्याकेटले स्मार्ट देखाउने भएकाले यो सबैको रोजाइमा पर्न सफल भएको छ ।

अपसोल्डर : अपसोल्डर महिलाले लगाउने कपडा हो । हेर्दा वानपिस जस्तो देखिने तर खुल्ला शरिरमा हावा पस्न मिल्ने, खुकुलो कपडा अपसोल्डर हो । घुमफिर तथा पार्टी भोजको लागि महिलाहरुले अपसोल्डर लगाउने प्रचलन बढ्दो छ ।

प्लेन टिसर्ट : कुनै बुट्टा नभएको सादा रंगको टिसर्ट प्लेन टिसर्ट हो । यो सबै रंगमा मात्र पाइन्छ । अझ भनौं, कुनै पनि सादा आकारको एउटै रंग भएको टिसर्ट प्लेन टिसर्ट हो ।  सादा रंगको टिसर्टले शितलता प्रदान गर्ने भएकाले महिला तथा पुरुषको लागि गर्मी मौसममा यसको प्रयोग धेरै गरिन्छ ।

वानपिस : कुनै चाडपर्व होस् वा पार्टी हरेक ठाउँमा फिट देखिने कपडा मध्येमा महिलाको रोजाइमा पर्ने भने कै वानपिस हो । तलदेखी माथिसम्म वा इच्छा अनुसार जुनसुकै आकार र प्रकारमा पाइने वानपिस गर्मीमा अझ धेरै लगाइन्छ । वानपिस पातलो शरीर भएका महिलालाइ एकदमै राम्रो सुहाउँछ ।

स्यान्डो : गर्मी मोसममा पुरुषहरुको रोजाइमा पर्ने कपडा मध्येमा स्यान्डो एक हो । गर्मी मौसममा स्यान्डोलाई बाहिरी वस्त्रको रुपमा प्रयोग गरिने र शितलता प्रदान गर्ने भएकाले यो पुरुषको रोजाइमा पर्छ ।

कुर्था–सुरुवाल : कुर्था–सुरवाललाई सभ्य लुगा मानिन्छ । गर्मी वा जाडो जुनसुकै समयमा सहज रुपमा लगाउन सकिने भएकाले यो महिलाहरुको विशेष रोजाइमा पर्छ । पार्टी, अफिस वा घरमा बस्दा समेत सहज रुपमा लगाउन सकिने भएकाले यसको प्रयोग धेरै छ । गर्मीमा विभिन्न प्रकारका

सुतीका कुर्था–सुरुवाल प्रयोग गर्न सकिने भएकाले कुर्था महिलाको रोजाइमा पर्ने कपडा हो ।

टप्स : कुर्था आकारमा पाइने टप्स गर्मी मौसममा महिलालाई मात्र नभएर पुरुषको समेत रोजाइमा पर्छ । विभिन्न प्रकारमा पाइने टप्स लगाउँदा स्मार्ट देखिने भएकाले महिला तथा पुरुष दुवैको रोजाइमा पर्छ । पाइन्टमा टप्स एकदमै म्याच गर्छ  ।

लेगिन्स : नरम र लगाउँदा सहज महसुस गरिने लेगिन्स महिलाको रोजाइमा पर्ने कपडा हो । यसलाई भित्रि ट्राउजरको साथै बाहिरी सुरुवालको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।

प्लाजो : गर्मी मौसममा महिलाको रोजाइमा पर्ने कपडा मध्ये प्लाजो एक हो । प्लाजो पाइन्ट वा सुरुवालको रुपमा प्रयोग गर्न सकिन्छ । पछिल्लो समय महिलाको रोजाइमा परेको कपडा प्लाजो हो । प्लाजोले महिलालाई स्मार्ट देखाउँछ ।
त्यस्तै, बालबालिकालाई फेसनको मतलब नहुने भएकाले सुतीका नरम भोटो, टोपी, दौरा, सुरुवाल लगायतका कपडा प्रयोग गर्न सकिन्छ । साथसाथै, महिलाले प्रयोग गर्ने कपडा बालिका र पुरुषले प्रयोग गर्ने कपडाहरु बालककका लागि प्रयोग गर्न सकिन्छ । शरीरको सुरक्षाको लागि मात्र नभएर बच्चालाई स्मार्ट बन्न बजारमा विभिन्न प्रकारका कपडाहरु पाइन्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६  ०६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement