site stats
बाह्रखरी :: Baahrakhari
देश
गर्भवती महिलाहरुलाई यसरी प्रभाव पार्छ वायु प्रदुषणले

एजेन्सी । वायु प्रदुषणयुक्त वातावरणमा रहने गर्ने गर्भवती महिलाहरुले जन्म दिने शिशुको टाउको सानो हुने खतरा रहेको एक नयाँ अनुसन्धानमा पत्ता लागेको छ । विशेषगरी सवारी साधनले उत्पादन गर्ने नाइट्रोजन डाइ–अक्साइडले गर्भावस्थाको अन्तिम हप्तातिर बच्चाको शारीरिक विकासमा नकारात्मक असर गर्ने गरेको बताइएको हो । 

वैज्ञानिकहरुका अनुसार एक दशक अगाडिदेखि यस विषयमा गरिएका अध्ययनहरुमा गर्भमा पर्ने प्रदुषणका खतरनाक असरबारे स्पष्ट प्रमाण फेला परिसकेकाले पनि यसलाई चिन्ताजनक मानिएको छ । यसका साथै अस्वस्थ आहार, मदिरा र वातावरणीय रसायनहरुले पनि जोखिम बढाउने गरेको डेलीमेलले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

युनिभर्सिटी अफ अबर्डीनका मुख्य अध्ययनकर्ता प्रोफेसर स्टिभ टर्नर भन्छन्, “हामीले यस्ता पक्षहरुले जन्मनु अघि बच्चाको शरीरिक विकासमा कसरी प्रभाव पार्न सक्छ भन्नेमा अध्ययन गरेका हौँ । यसका लागि हामीले पहिलोपटक भ्रूणसँग सम्बन्धित १३ वर्ष पुराना चिकित्सा अध्ययनहरुको पनि उपयोग गरेका छौँ ।”

युरोप, अष्ट्रेलिया र अमेरिकामा मात्र यस किसिमका सात अध्ययनहरु गरिएको पाइएको छ ।  यसरी नाइट्रोजन डाइअक्साइड सवारी साधनबाट मात्र नभएर चुरोटको धुँवा, मट्टीतेल, ग्यास आदिका हिटर र स्टोभबाट पनि उत्पन्न हुने हुँदा वैज्ञानिकहरुले सचेत रहन चेतावनी दिएका हुन् । 

कम तौल भएका शिशुहमा मुटु सम्बन्धी रोग, मधुमेह र दमको खतरा हुने सम्भावना बढी रहेको प्रोफेसर टर्नरको भनाइ छ ।  यसैकारण पनि बेलायत सरकारले सन् २०३० सम्ममा सबैभन्दा हानिकारक मानिएका पाँच नाइट्रोजन डाइअक्साइड उत्पादकको प्रयोग बन्द गर्ने लक्ष्य सुरु गरेको छ ।  
 

प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  ०६:०५
प्रतिक्रिया दिनुहोस्