site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
इलामको देउमाईमा साहित्य उत्सव
Sarbottam CementSarbottam Cement

काठमाडौं । इलामको देउमाइस्थित मंगलबारेमा चैत २३ र २४ गते साहित्य तथा पर्यटन महोत्सव हुने भएको छ । 

‘समाजका लागि युवा’ नामक संस्थाले पहिलो पटक गर्न लागेको महोत्सवमा साहित्य, कला, पर्यटन, संस्कृति, राजनीति, आदि विषयमा विमर्श हुनेछ । कार्यक्रमको पहिलो दिन लेखक अभी सुवेदी, कुन्ता शर्मा र सीमा आभासको ‘सार्वजनिक जीवनमा महिला सकस कति सुविधा’ विषयमा बहस गर्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘थातथलो र परदेश’ विषयमा पत्रकार टीकाराम यात्रीले लेखक खगेन्द्र संग्रौलासँग बहस गर्नेछन् । यस्तै देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकाका प्रमुखसँग ‘देउमाई –२०९०’ विषयमा छलफल हुनेछ । 

दोस्रो दिन ‘युवा अवसर र नेतृत्व’ विषयमा नेकपा सांसद योगेश भट्टराई र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौड्यालसँग पत्रकार बसन्त बस्नेतले छलफल गर्ने आयोजकले जानकारी दिएको छ ।

Global Ime bank

सोहीदिन ‘कविता कला कि नारा ? कवितामा स्थानीय भाषाको प्रभाव’ विषयमा कवि राज माङलाक, मुनाराज शर्मा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिसँग पत्रकार समीरबाबु कट्टेलले बहस गर्नेछन् ।

कार्यक्रममा राजनीतिक विश्लेषक प्रदीप गिरिले ‘००७ साल पछिको नेपाल’माथि बोल्नेछन् । यस्तै पत्रकार नारायण वाग्ले, अभिनेता दयाहाङ राई र वरिष्ठ मूर्तिकार राजु पिठाकोटेले आ–आफ्नो क्षेत्रका संघर्षका कथा सुनाउने कार्यक्रम रहेको छ ।

छिमेकी जिल्लासहित सिलिगुडीका कविहरूले कविता सुनाउने महोत्सवमा देउमाई किन घुम्ने भन्नेबारेमा प्रदेश सभासद् राम राना र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले बोल्नेछन् ।

महोत्सवमा नेपाल पर्यटन बोर्ड पबद्र्धन तथा नेपाल प्रज्ञा प्रतिष्ठान र देउमाई नगरपालिका सहयोगी संस्थाको रुपमा रहनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १३, २०७५  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय