site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीको हिट लिस्टमा विप्लव समूहका नेता ओली 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीले ललितपुरको एनसेल गेट र वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश ओली ‘सुर्दशन’ को निर्देशनमा भएको निष्कर्ष निकालेको छ । ओली विप्लव नेतृत्वको नेकपाका तेस्रो नम्बरका नेता तथा स्थायी समिति सदस्य हुन् । 

नख्खु बम विस्फोटमा एकजनाको ज्यान गएको थियो भने दुईजना घाइते भएका थिए । ओलीले नख्खु बम विस्फोटको जिम्मेवारी लिएका थिए । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सुरक्षा संयन्त्र कडा रुपमा प्रस्तुत हुन थालेको छ । गाउँ–गाउँमा विप्लवका नेता–कार्यकर्ताविरुद्ध ‘सर्च एण्ड अरेस्ट अपरेसन’ चलाइएको छ । पछिल्लो ११ महिनामा देशभरबाट विप्लव समूहका ४ सयभन्दा बढी नेता–कार्यकर्ता पक्राउ परेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । 

प्रहरीको ‘हिट लिस्ट’मा ओली

Prabhu Bank
Agni Group
NIC Asia

सुरक्षा निकायले देशभर विप्लव समूहविरुद्ध कडा निगरानी सुरु गरेको छ । विप्लव समूहको सक्रियता बढी रहेका जिल्लामा सुरक्षा सक्रियता बढाइएको छ भने चेकजाँच, गस्ती लगायत प्रहरी कारवाही बढेका छन् । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले कतिपय स्थानमा सामूहिक गस्ती परिचालन गरेका छन् भने राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाले पनि गोप्य रुपमा गतिविधिको निगरानी, सूचना संकलन लगायतका काम गरिरहेका छन् । विप्लव समूह आन्तरिक रुपमा ठूलो चुनौती बन्दै गएको निष्कर्ष सुरक्षा निकायको छ । 

ललितपुरमा एनसेल गेटमा बम विष्फोटमा एकजनाको ज्यान गएपछि प्रहरीले विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई ‘हिट लिस्ट’मा राखेको छ । खड्गबहादुर विश्वकर्मा, अनिल शर्मा विरही, धर्मेन्द्र वास्तोला, ओम पुन, सन्तोष बुढामगरको खोजी पनि तिव्र पारिएको बताइएको छ । विप्लव भने प्रहरीको फरार सूचीमै छन् । जाजरकोट, उदयपुर लगायतका जिल्लामा विप्लवमाथि बम विस्फोट लगायतका मुद्दा छन् । 

Global Ime bank

काभ्रे भिडन्तको वास्तविकता ?

मंगलबार साँझ एकाएक काभ्रेमा विप्लव समूह र महानगरीय अपराध महाशाखाको टोलीबीच गोली हानाहानको खबर सार्वजनिक भयो । महाशाखाका एसपी केदार ढकालका अनुसार विप्लव समूहले नियन्त्रण लिने प्रयास गर्दा गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारवाही गरेको हो । घटनामा मानवीय क्षति भने भएन । 

काभ्रेको रोशी गाउँपालिकामा भएको भिडन्तमा प्रहरीले २ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको थियो । काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत खहरेपांगु–२ काफलडाँडाबाट प्रहरीले मंगलबार विशाल तामाङ र शिव धिमाललाई पक्राउ गरेको छ । नुमबहादुर विक र विकेन्द्र राईलाई भने महाशाखाको टोलीले मंगलबार दिउँसो काठमाडौंको गोंगबुबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका चारैजनाको सम्बन्ध नेता हेमन्तप्रकाश ओलीसँग देखिएको एक प्रहरी अधिकारीले बताए । नुमबहादुर विक र विकेन्द्र राई ओलीकै निर्देशनमा मोबाइल सीमकार्ड, लुगाकपडा र खाजा लगायतका खानेकुरा किन्न काठमाडौं आएका थिए । पक्राउ परेकामध्ये नुमबहादुर विक अवकाश रोजेका पूर्व लडाकु हुन् । उनले ८ लाख रकम राज्यबाट बुझेका थिए । विशाल तामाङ भने बम विज्ञ रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उपत्यका लगायत आसपासमा भएका विप्लव समूहका कैयौं गतिविधिमा उनीहरुको संलग्नता खुलेको महाशाखा स्रोतले बतायो ।

नख्खु बम विस्फोट र बसुन्धारा बम वस्फोटमा पनि उनीहरुको संलग्नता पुष्टि भएको एक अधिकारीले बताए । ‘‘उनीहरुको साथबाट बरामद भएको मोटरसाइकल घटनास्थलमा प्रयोग भएको देखिन्छ । अन्य आधारहरु पनि छन् । उनीहरुको सबैभन्दा बढी सम्पर्क हेमन्तप्रकाश ओलीसँगै भएको खुलेको छ । बयानमा पनि उनीहरुले यसलाई स्वीकार गरेका छन्,” एक प्रहरी अधिकारीले भने ।’ पक्राउ परेका नुमबहादुर विक र विकेन्द्र राईले ओलीको नाम लिएपछि महाशाखाको टोली उनीहरुलाई साथमै लिएर ओलीलाई पक्राउ गर्न काभ्रे पुगेको थियो । ‘‘उनीहरु ५–६ जनाको संख्यामा थिए । भौगोलिक विकटताका कारण घेरा हाल्न नसक्दा ओलीसहित विप्लव समूहका नेता–कार्यकर्ता उम्किए,’’ ती अधिकारीले भने ।

स्रोतका अनुसार पछिल्लो ११ दिनदेखि ओली त्यही स्थानमा डेरा जमाएर बसेका थिए । काफलडाँडामाथि महाभारत पर्वत पर्छ भने त्यो स्थान निकै विकट मानिन्छ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर २ मा थोरै घरधुरी छन् । गाउँमा मगर समुदायको बाहुल्य छ । बीपी राजमार्गको कटुन्जेबाट मोटरसाइकालमा जाँदा डेढ घण्टाजति लाग्छ भने पैदल जाँदा साढे २ घण्टा । भिडन्त भएको गाउँ महाभारत लेकको तलपट्टि पर्छ र यो गाउँभन्दा माथिल्लो भेगतिर मानव वस्ती छैन । सजिलै सुरक्षाकर्मीै वा अन्य कोही त्यो स्थानमा पुग्न सक्दैनन् । तत्कालीन माओवादीले पनि त्यो क्षेत्रलाई सेल्टरको रुपमा प्रयोग गर्दै आएको बताइएको छ ।

सुरक्षा कारवाहीबाट उम्किए ओली 

विप्लव समूहको मध्यकमाण्ड इन्चार्जसमेत रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ मंगलबार साँझ प्रहरी टोलीबाट उम्किए । प्रहरी स्रोतका अनुसार काफलडाँडाबाट एक किलोमिटरको दूरीमा रहेका हेमन्त ओली भाग्न सफल भएका थिए । ‘‘रात परिसकेको थियो । दोहरो फायरिङ पनि भयो । तर ओलीसहित ४–५ जना उम्किए । गोली हान्ने योजना थिएन तर उनीहरुले पहिले फायर खोले,” घटनास्थल पुगेका एक प्रहरी अधिकारीले भने ।

केही दिनअघि पक्राउ परेका पोलिटब्यूरो सदस्य मोहन कार्कीसहितको समूह मध्य क्षेत्र कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’को कोर टीमका सदस्य हुन् । प्रहरीले यसअघि नै नख्खु र बसुन्धारा बम विस्फोटमा संलग्न रहेको आशंकामा केदार खतिवडा, सूर्य भुजेल, किसान महासंघका संयोजक राजु कार्कीमाथि मुद्दा चलाएको छ । पछिल्लो समय पक्राउ परेका सबै ओलीको ‘कोर टीम’का सदस्य भएको प्रहरीले बताउँदै आएको छ । काभ्रे गोलीकाण्डबारे विप्लव समूहले आधिकारिक धारणा बाहिर ल्याएको छैन । 

आत्मरक्षाका लागि गोली चल्न सक्छ : प्रहरी 

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी विप्लव समूहका गविविधिमाथि कडा निगरानी सुरु गरिएको बताउँछन् । ‘‘सरकारले दिएको निर्देशनअनुसार प्रहरी सक्रिय छ । विभिन्न घटनामा संलग्न रहेकाहरुलाई समात्ने, मुद्दा चलाउने, गोप्य सूचना संकलन गर्ने लगायतका काम भइरहेका छन्,” प्रवक्ता सुवेदीले भने । विप्लव समूहका गतिविधिमा पूर्ण रोक र निगरानी, शंकास्पद स्थानमा गस्ती पेट्रोल गर्ने काममा तिव्रता आएको सुवेदीले बताए । विप्लव समूहका नेता–कार्यकर्तामाथि गोली प्रहार गर्ने प्रहरी रणनीति हो ? भन्ने बाह्रखरीको प्रश्नको जवाफमा प्रवक्ता सुवेदीले भने, ‘‘सामान्य अवस्थामा गोली चलाउने कुरा हुँदैन । प्रहरी विधि र प्रक्रियामा चल्छ । तर कार्यक्षेत्रमा खटिएको अवस्थामा प्रहरीमाथि नै प्रहार भयो भने आत्मरक्षाका लागि गोली चलाउँछौं ।’’ 

सुवेदीले प्रमुख तीन अवस्थामा गोली चलाउनसक्ने स्पष्ट पारे । पहिलो– नागरिकको जिउधनमा खतरा उत्पन्न भएको र गोली प्रहार नै अन्तिम विकल्प भएको सुरक्षाकर्मीलाई लागेमा, दोस्रो– हिरासत वा नियन्त्रणमा रहेको कैदीलाई रोक्न खोज्दा, चेतावनी दिँदा पनि नरोकिएको अवस्थामा र तेस्रो– आफ्नै ज्यान खतरामा परेको अवस्थामा । 

प्रवक्ता सुवेदीले कतिपय अवस्थामा गोली प्रहार गर्न आदेश लिनुपर्ने भएपनि आपतकालीन तथा केही विशिष्ट अवस्थामा भने आदेश पर्खिन नपर्ने बताए । 

को हुन् हेमन्तप्रकाश ओली ? 

रुकुम जिल्लाको तत्कालीन मोरु भन्ने स्थानमा स्थायी घर भएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ विप्लव नेकपाका स्थायी समिति सदस्य हुन् । ५ सदस्यीय समितिमा उनी तेस्रो नम्बरमा छन् । माओवादी पार्टी स्थापनादेखि नै सक्रिय सुर्दशन २ पटक सांस्कृतिक विचलनको कारवाहीमा परेका थिए । दोस्रो विवाह गरेपछि तत्कालीन एकीकृत माओवादीको स्थायी समिति सदस्य रहेका उनलाई कारवाही गरिएको थियो ।

कारवाहीमा परेपछि उनले प्रचण्ड नेतृत्वको माओवादी परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका थिए । त्यसपछि विप्लवको नेकपासँग पार्टी विलय गराएका थिए । २०७२ साल वैशाख ३ गते एकीकृत नेकपा माओवादी पार्टीमा राजीनामा बुझाएका सुदर्शनले पुस १७ गते पार्टी त्यागेको घोषणा गरेका थिए । माओवादी युद्धमा उनले छोरी गुमाएका थिए । तत्कालीन माओवादीभित्र राम्रो अंग्रेजी बोल्न र लेख्न जान्ने तथा अध्ययन र लेखनमा सक्रिय ओलीलाई पार्टीभित्र मास लिडरभन्दा सैद्धान्तिक प्रशिक्षण दिने नेताको रुपमा चिनिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC