site stats
बाह्रखरी :: Baahrakhari
देश
डा केसीसहित चार जनाले बुझाए संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयमा ज्ञापनपत्र

काठमाडौं । विस २०५२ सालदेखि २०६३ सालसम्म चलेको दश वर्षे हिंसात्मक द्वन्दवका दोषीलाई कारबाहीको माग गर्दे संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयमा मंगलबार ज्ञापनपत्र बुझाइएको छ। 

प्रा डा गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याल, अभियन्ता  प्रतिम सुवेदी र अधिवक्ता शिवहरी तिमिल्सिनाद्‍वार हस्ताक्षित ज्ञापनपत्र मंगलबार संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयमा बुझाएका हुन्। 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ज्ञापनपत्रमा सशस्त्र द्वयन्दवको दश वर्षेमा भएका गम्भीर अपराधका घटना मानवताविरुद्धको अपराध भएकोले उक्त अपराधका दोषीलाई फौजदारी कानून बमोजिम कारबाही गर्न माग गरेका छन्। 

छ बुँदे मागसहितको ज्ञापनपत्रमा भनिएको छ, "श्रृखलाबद्ध मानवता विरोधी अत्याचार र त्यसबाट पीडित भएका व्यक्तिका पीडाको साक्षी हामी पनि हौं। आफ्नो देश, समाज र छरछिमेकमा भएका मानवता विरोधी अत्याचारबाट पीडित व्यक्तिले न्याय नपाएको, बरु हिंसा, प्रतिहिंसा, भ्रष्टाचार र कालोधनको बलमा सर्वसत्ता कब्जा गर्न सफल आततायी पीडक पक्षकै रजगज झन घनीभूत हुँदै गएको स्थितिले हामीले अत्यन्तै चिन्तित बनाएको छ। यस स्थितिमा सक्रिय नागरिकको रुपमा देश, समाज, पीडित तथा समग्र मानव समुदायप्रति कर्तव्यबोध सहित गम्भीर ध्यानाकर्षण गर्दछौं।"

ज्ञापनपत्र 


 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  १७:०४
प्रतिक्रिया दिनुहोस्