site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ब्याज घटाउन झापाका उद्योगी–व्यवसायीको माग, बिर्तामोडमा बैंकर्ससँग छलफल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । बैंक तथा वित्तीय संस्थाहरुबाट गरिएको ऋणको ब्याजदर वृद्धिको विरोधमा उत्रिएका उद्योगी–व्यवसायी र बैंकर्सबीच झापामा छलफल भएको छ ।
आन्दोलनमा उत्रिएपछि उत्पन्न परिस्थितिलाई सहज बनाउन सम्बन्धित क्षेत्रका सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । बैंकर्स एसोसिएसन र उद्योग–व्यवसाय क्षेत्रका प्रतिनिधिहरुबीच सोमबार बिर्तामोडमा छलफल भई परिस्थितिलाई काबु बाहिर जान नदिने सहमति भएको छ । 
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले उद्योगी–व्यवसायीहरुको हितसँगै मुलुकको समृद्धि नै आफूहरुको पनि लक्ष्य रहेको बताउँदै भने, ‘‘दुई अंकको ब्याज घटाएर एक अंकमा ल्याएर उत्पादनमुलक कार्यमा मात्र बैंकले लगानी गर्नुपर्छ ।’’ उनले निक्षेपसँगै ऋणको ब्याजदर पनि समायोजन हुनुपर्नेमा जोड दिए ।
नेपाल चेम्बर अफ कमर्श झापाका अध्यक्ष सन्तोष अग्रवालले उद्योगी, व्यवसायी चर्को ब्याजको मारमा परेको बताए । भने,‘‘ऋण र निक्षेपको ब्याजदरमा रहेको ठूलो अन्तरकै कारण हामी मारमा परेका छौं । राष्ट्र बैंकले पहल लिएर यसलाई मिलाउनु पर्छ ।’’ 
झापा उद्योग संघका महासचिव दुर्गाप्रसाद भण्डारीले बैंकको ब्याजदर वृद्धिले उद्योगको उत्पादन लागत बढ्दा अन्तर्राष्ट्रिय बजारमा यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको बताउँदै भने,‘‘ऋणीबाट सेवाशुल्कको नाममा बैंकले असुलीरहेको रकम तत्काल नियन्त्रण गर्नुपर्छ ।’’ 
राष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष सुवास भट्टराईले बैंकले रातारात ब्याज बढाएर उद्योगी, व्यवसायीलाई मार पारेको आरोप लगाए । भने, ‘‘अब ऋण लिँदा सोच्नुपर्ने अवस्था आएको छ । बैंकले उद्योगी व्यवसायीलाई ऋणको  अधिकतम उपयोग गर्नेबारे तालिम सञ्चालन गर्नुपर्छ ।’’ 
राष्ट्रिय प्रजातान्त्रिक उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य वेदप्रकाश अग्रवालले ऋणिलाई थाहै नदिई ब्याज बढाउने बैंकको कार्यशैलीबाट अन्याय भएको बताउँदै लिइसकेको ऋणको ब्याज बढाउन नमिल्ने बताए । 
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाका अध्यक्ष देशवन्धु ढुंगेलले बैंकहरुको पारदर्शी कार्यशैली जरुरी रहेको बताए । 
छलफलमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश सिवाकोटी, उपाध्यक्ष राजु न्यौपाने, सचिव प्रकाश घिमिरे, कोषाध्यक्ष मनोज अग्रवाल, सदस्य एजाज अहमद अन्सारीलगायतले ऋणको ब्याजकै कारण उद्योगी, व्यवसायी विस्थापित हुने अवस्था आएको भन्दै सेवा शुल्क, बैंक सिफ्ट चार्ज, इन्स्युरेन्स जस्ता बहानामा बैंकले रकम असुल्ने कार्य बन्द गर्नुपर्नेमा जोड दिए । 
बैंकर्स एसोसिएसन बिर्तामोडका अध्यक्ष तथा एक्सेल डेभलपमेन्ट बैंकका सिईओ दिनेशकुमार पोखरेलले भने,‘‘अहिलेको अवस्थामा छिट्टै सुधार आउने अपेक्षा गर्न सकिन्छ ।’’ उनले बजारमा ब्याजदर वृद्धिसँगै करलगायतका अन्य समस्या पनि आएकाले उद्योगी–व्यवसायीलाई ब्याजका कारण मार परेको अनुभूति भएको बताए । ऋणको माग बढ्दो र त्यसको तुलनामा निक्षेप जम्मा नहुँदा समस्या उत्पन्न भएको उनको भनाइ छ । 
छलफलमा एनएमबी बैंकका मेघराज तिम्सिना, ग्लोबल आइएमई बैंकका पवनकुमार पौड्याल, एभरेष्ट बैंकका सुनिल गिरी, नेपाल एसबीआई बैंकका शिव दाहाल लगायतले बैंकिङ क्षेत्रको अवस्थाको बारेमा आफ्ना कुरा राख्दै उद्योगी, व्यवसायीका मागप्रति संवेदनशील भएको बताए । बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुले वर्तमानको समस्या समाधानका लागि नीतिगत तहबाट सम्बोधन गर्न आफूहरुको समेत पहल र सहयोग रहने बताएका थिए । 
बैंकको ब्याजदर घट्नुपर्ने लगायतका मागसहित उद्योगी, व्यवसायीहरु आन्दोलित बनेपछि गतसाता प्रधानमन्त्रीकै उपस्थितिमा काठमाडौमा उद्योगी व्यवसायीसँग छलफल भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय