site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सादा पोशाकका प्रहरीले नै ससुरालीमा लुकाएका थिए १८ किलो सुन ! 

काठमाडौं । कञ्चनपुरको पुनर्वासबाट बरामद भएको १८ किलो सुन प्रकरणमा संलग्नताको आशंकामा सादा पोशाकका प्रहरी र उनका भाइ पक्राउ परेका छन् ।  प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा सादा पोशाकमा कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरूवा र उनका भाइ लक्ष्मण तिरूवा रहेका छन् ।

निर्मला हत्याको अनुसन्धानका लागि कञ्चनपुरमै रहेको सीआईबी, अपराध महाशाखा, कैलाली र कञ्चनपुर प्रहरीको टोलीले सुन बरामद गरेको हो । उपत्यका बाहिर पक्राउ परेको यो ठूलो परिमाणको सुन रुपन्देहीको सुनौली नाकामार्फत कैलाली हुँदै कञ्चनपुर पुगेको थियो । स्रोतका अनुसार यो अवैध सुन हो । 

Dabur Nepal

सुनका मालिक भारतीय नागरिक भएको र उनी दिल्लीमा बस्दै आएको बताइएको छ । प्रहरीका एक अधिकारीले भने, ‘‘दुई महिनाअघि नै सुन कैलाली पुगेको रहेछ । लक्ष्मणले भारतबाट भारतीय नागरिकको गाडीसहित सुन ल्याएका रहेछन् । भारतीय नागरिकले कैलालीबाट गाडी लिएर गए । तर तस्करीको सुन भएकाले कहिँ कतै प्रहरीमा उजुरी गरेनन् ।’’ सुन कैलाली पुर्‍याएपछि लक्ष्मण फरार भएका थिए । 

लक्ष्मणका दाइ सुरज नेपाल प्रहरीमा कार्यरत भएकाले उनले आफ्नो ससुरालीमा सुन खाल्टोमुनी लुकाएर राखेका थिए । भारतीय व्यापारीले नेपालबाट त्यो सुन भारत लगेको हुन सक्ने आशंका छ ।  लक्ष्मण भारतीय व्यापारीको चालकको रुपमा काम गर्दै आएको बताइएको छ । सुन बेच्ने र सुनबारे जानकारी भएकालाई मिलाउने विषयमा विवाद हुँदा सुनको सूचना चुहिएको प्रहरी स्रोतले बतायो । 

सुन १८ किलोग्राम मात्रै हो वा अरु पनि थियो भन्नेबारे अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ ।  ‘‘प्रहरीले हात पारेको यो ठूलो सफलता हो । काठमाडौं बाहिर यति ठूलो परिमाणमा सुन कमै समातिएको छ,’’ एक अधिकारीले भने । 

आईजीपी सर्वेन्द्र खनालको सचिवालयका एसएसपी रामदत्त जोशीले सुन बरामद भएको तर थप अनुसन्धान जारी रहेको बताए । ‘‘यो ठूलो उपलब्धी हो । गहन तरिकाले अनुसन्धान गरिरहेका छौं,’’ जोशीले भने ।

सुन तस्करहरुले भारतबाहेक तेस्रो मुलुकबाट सुन नेपालको बाटो हुँदै भारत लैजाने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । त्यो सुनपनि नेपाल हुँदै भारत गएको र भारतबाट लक्ष्मणले नेपाल ल्याएको हुन सक्ने अनुसन्धानले देखाएको एक अधिकारीले बताए । 

‘‘भारतबाट नेपालमा सुन आउँदैन । यो नेपालबाटै तस्करी भएको सुन हुन सक्छ,’’ एक अधिकारीले भने ।  साढे ३३ किलो सुन प्रकरण चर्चामै रहेको बेला प्रहरीले कञ्चनपुरबाट १८ किलोग्राम सुन बरामद गरेको हो । नेपाली बजारमा १८ किलो सुनको मुल्य ९ करोड हुन आउँछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro