site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

राज्यका साधन, स्रोत र जनशक्ति व्यक्ति विशेषको निम्ति कसैको तजबिजमा प्रयोग गर्नु गराउनु प्रकारान्तरले भ्रष्टाचार नै हो । नेपालमा भने पहुँच र प्रभावका भरमा सुरक्षाकर्मीसमेत व्यक्तिगत सहयोगीका रूपमा प्रयोग गरिएका छन् । तालिम प्राप्त सुरक्षाकर्मी कतिपय प्रभावशाली व्यक्तिहरूका घरमा घरेलु कामदारका रूपमा खटिएका छन् । सुरक्षाकर्मीको यस्तो दुरुपयोग रोक्नुपर्ने माग पटकपटक भए पनि अहिलेसम्म त्यसको सुनुवाइ भएको थिएन । हालै नेपाल प्रहरीले राजनीतिक नेता र प्रहरी अधिकारीको सुरक्षामा लागि भनेर खटाइएका २ सय ८० जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ । तिनलाई नेपाल प्रहरीकै बहालवाला र अवकाशप्राप्त अधिकारी तथा राजनीतिक  नेताहरुको सुरक्षामा खटाइएको थियो । यसबाट नेपाल प्रहरी धन्यवादको पात्र बनेको छ ।

बहालवाला पदाधिकारीका लागि निश्चित मापदण्डअनुसार अंगरक्षकका रूपमा सुरक्षाकर्मी खटाउनु पनि अस्वाभाविक होइन । परन्तु, सेवा निवृत्त अधिकृत वा पदमा नरहेका राजनीतिक नेतृत्वको निम्ति पनि सुरक्षाकर्मीको समूह तैनाथ गर्नु भने उपयुक्त र न्यायोचित देखिँदैन । तालिम प्राप्त सुरक्षाकर्मीलाई व्यक्तिगत सेवाका लागि खटाउने चलन नेपाली सेना र सशस्त्र प्रहरी बलमा पनि छ । सेना र सशस्त्र प्रहरीका कतिपय अवकाशप्राप्त अधिकृतहरूको घरमा पनि सुरक्षाकर्मीहरू घरेलु सहयोगीका रूपमा कजाइएका छन् । बहालवाला अधिकृतहरूकै घरमा त झन् ठूलो संख्यामा सुरक्षाकर्मीलाई घरेलु कामदारका रूपमा काममा लगाउने गरिएको छ । नेपाली समाजमा बन्दुक बोकेका प्रहरी अघिपछि लगाएर हिँड्दा व्यक्तिको रबाफ नै बढेको ठान्नेहरूको संख्या ठूलै छ । यसैले राजनीति गर्ने वा सुरक्षा अधिकारीहरूले अनावश्यकरूपमा सुरक्षाकर्मीको लस्कर लिएर हिँड्ने गरेको देखिन्छ । सेवा निवृत्त अधिकृतहरू र राजनीतिक नेताहरूकहाँ खटाइएका प्रहरी फिर्ता बोलाएजस्तै बहालवाला अधिकारीहरूले प्रयोग गर्ने सुरक्षाकर्मीको लस्कर घटाउन पनि ध्यान जानुपर्छ । 

सुरक्षाकर्मीका लस्कर अगाडिपछाडि लगाएर हिँड्दा आफ्नो रबाफ बढेको ठान्नेहरूलाई बाटामा भेटिने जनसाधारणले भने सरापिरहेका हुन्छन् । राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अरूले अगुवापछुवा मोटरको लाम लगाएर हिँडेको सुहाएको पनि छैन । यसैले विशिष्ट व्यक्तिको आवागमन सुरक्षाकर्मी खटाउने विषयमा पुनर्विचार गर्नु आवश्यक देखिन्छ । साथै सशस्त्र प्रहरी बल र नेपाली सेनाले पनि सुरक्षाकर्मीहरूको आत्मसम्मानको पनि हेक्का राखेर उनीहरूलाई घरेलु कामदार बनाइनबाट जोगाउनपर्छ । सरकारले केही समय पहिले सुरक्षाकर्मीलाई घरेलु सहयोगी बनाउन नदिने निर्णय गरेको प्रचार गरिएको थियो । तर, त्यसको कार्यान्वयन भने भएको देखिएन । अब अवकाशप्राप्त अधिकृत र राजनीतिक नेताहरूको व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर सबै सुरक्षा निकायका प्रमुखहरू धन्यवादका पात्र बन्नुपर्छ । सुरक्षाकर्मी  सुरक्षाका काममा मात्र  खटाइनुपर्छ । लोकतन्त्रको अनुभव त सुरक्षाकर्मीले पनि गरून् न ! 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC