site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेता र प्रहरी हाकिमको सुरक्षामा खटिएका अंगरक्षक फिर्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीले विशिष्ट व्यक्ति र नेतालगायतको सुरक्षामा खटिएका २८० जना अंगरक्षकलाई फिर्ता बोलाएको छ । पछिल्लो १० महिनाको अवधीमा प्रहरीले अनावश्यक रुपमा प्रहरीकै बहालवाला र अवकाशप्राप्त प्रहरी अधिकारीसँगै नेताहरुको सुरक्षामा रहेका २८० जनालाई फिर्ता बोलाएको हो ।

आफूमाथी सुरक्षा ‘थ्रेट’ समेत नभएको अवस्थामा प्रहरी बोकेर हिड्ने प्रवृती बढेपछि उनीहरुलाई फिर्ता बोलाइएको हो । गत बैशाखदेखि पुससम्म बहालवाला र अवकाश प्राप्त प्रहरी अधिकृतहरुसँग रहेका १६३ प्रहरी कर्मचारीहरुलाई फिर्ता बोलाइएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

जसमा प्रहरी नायव निरीक्षक (सई) एकजना, प्रहरी सहायक निरीक्षक (असई) १६ जना,प्रहरी हवल्दार ४१ जना, प्रहरी जवान ८० जना र प्रहरी कार्यालय सहयोगी २५ जनालाई प्रहरी अधिकारीकै साथबाट फिर्ता बोलाइएको हो । 

यस्तै अन्य नेता, पूर्वमन्त्री, सासंदलगायत विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ११७ जनालाई फिर्ता बोलाइएको हो । जसमा प्रहरी नायब निरीक्षक (सई) २६ जना,प्रहरी सहायक निरीक्षक (असई) २५ जना, प्रहरी हवल्दार ३७ जना, प्रहरी जवान २७ जना र प्रहरी कार्यालय सहयोगी २ जना छन् । आईजीपी सर्वेन्द्र खनालको निर्देशनमा उनीहरुलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Global Ime bank

प्रहरीभित्र कारवाही र पुरस्कार सँगसँगै प्रहरी प्रधान कार्यालयले कारवाही र पुरस्कारको व्यवस्था सँगँंगै अगाडि बढाएको छ । आईजीपी सर्वेन्द्र खनालले विभिन्न कार्यक्रममा नराम्रो गर्नेलाई निरुत्साहित  र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने बताउँदै आएका छन् । पछिल्लो समय कारवाही भन्दा पुरस्कृत हुने प्रहरीको संख्या भने बढ्दो छ ।

गत वैशाखदेखि पुस मसान्तसम्मको अवधीमा २ हजार ३९२ पटक प्रहरी आचरण र व्यवहारको अनुगमन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसअनुसार १ हजार २२७ जना प्रहरी कर्मचारीमाथि विभिन्न प्रकारको कारवाही गरिएको छ भने १ हजार ९३८ जना पुरस्कृत भएका छन् । 

चालु आर्थिक वर्षको माघ १६ गतेसम्म १५३ प्रहरी कर्मचारीलाई नोकरीबाट हटाइएको छ भने १९ जनालाई सेवाबाट वर्खास्त गरिएको छ । नोकरीबाट हटाइएकाले भविश्यमा अन्य सरकारी सेवामा प्रवेशका लागि अयोग्य नहुने तर वर्खास्थमा परेकाले भविश्यमा कुनै पनि सरकारी सेवामा प्रवेश गर्न पाउने छैनन् । 

प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी प्रहरीलाई थप व्यावसायिक बनाउनेदेखि क्षमता विकासलगायतका कार्यमा प्रहरी प्रधान कार्यालय सक्रिय भएर लागेको बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement