site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
डा. भट्टराई अंगुलीमाल बन्ने कि मुगाबे ?

 

प्रतीक प्रधान

बौद्ध कथाका एक जना महत्वपूर्ण पात्र हुन् अंगुलीमाल । नामै अहिंसक भएका एकदमै मेधावी छात्र गुरुको गलत नियतका कारण कुख्यात हत्यारा अंगुलीमाल हुन पुग्छन् । मान्छेलाई मार्दै तिनको औलाको माला लगाउने उनको मन र व्यवहार कसैले परिवर्तन गर्नसकेको हुँदैन । उनका हातबाट नौ सय ९९ व्यक्तिको हत्या भएपछि गौतम बुद्ध उनी सामु पुग्छन् । एक हजार संख्या पुर्याउन अंगुलीमाल बुद्धका पछाडि कुद्छन् । तर उनी जति कुदे पनि बुद्धलाई भेट्दैनन् । यद्यपि, बुद्ध भने आफ्नै गतिमा हिँडिरहेका हुन्छन् । अंगुलीमाल आश्चर्यमा पर्छन् – किन यस्तो भइरहेको छ ? अनि बुद्धले उनलाई सम्झाउँछन् – उनी जेका पछि दगुरेका छन् त्यो हत्या र हिंसाबाट कहिल्यै प्राप्त हुँदैन । उनको मन परिवर्तन हुन्छ र भिक्षु बन्छन् ।

Agni Group

विसं २०५२ सालमा थालिएको हिंसात्मक विद्रोहको प्रमुख विचारक र तत्कालीन माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको विगत पनि केही हलसम्म अंगुलीमालसँग तुलना गर्न सकिन्छ । एक जना मेधावी विद्यार्थी, अझ पीएचडी, भट्टराईको माओवाद नामक गलत सिद्धान्त गुरु हुनपुग्छ । गुरु शिक्षाले उनलाई हत्या र हिंसाको बाटोमा लाग्न कति प्रेरित ग¥यो भने यस देशमा दस वर्षभित्र द्वन्द्वका कारणले सत्र हजार बढीले ज्यान गुमाए । उनी आपूmले नीतिमात्र बनाएको पनि हुनसक्छ तैपनि उनी त्यस द्वन्द्वका प्रमुख कारक भए । दस वर्ष हिंसात्मक आन्दोलनमा समर्पित भएपछि उनमा बुद्धत्वको प्रवेश भयो । अंगुलीमाललाई जसरी हत्या र हिंसा कुनैपनि उद्देश्य प्राप्तिको सही बाटो होइन भन्ने ज्ञान भएको थियो सोही अनरूप डा. भट्टराईलाई पनि हिंसाको निरर्थकताको बोध भयो । उनले हत्या र हिंसाको बाटो छाडे । त्यतिमात्र होइन उनले गलत गुरुको गलत विचार पनि त्यागे । अहिले उनी आर्थिक विकास गरेर आफ्नै जीवनकालमा नेपाललाई समृद्ध देश बनाउने प्रणका साथ उत्रेका छन् नयाँ शक्ति नेपाल नामक राजनीतिक दल खोलेर ।

धेरै व्यक्ति डा. भट्टराईको विगतका कारण उनलाई साथ दिनु हुँदैन भन्ने मान्यतामा छन् । कतिपय व्यक्ति उनले हत्या र हिंसाको राजनीति छाडेका कारण उनलाई एक राजनीतिक शक्तिका रूपमा मान्यता दिनुपर्छ भन्ने ठान्छन् । अहिले नेपालको चिया गफ सरकार परिवर्तन गर्नुपर्छ कि पर्दैनभन्दा पनि नयाँ शक्ति नेपालको राजनीतिमा स्थापित हुन्छ वा हुँदैन भन्नेमा केन्द्रित भएको देखिएको छ ।

Global Ime bank

डा. भट्टराई साँच्चिकै अंगुलीमाल भएका हुन् त ? के उनमा साँच्चिकै ज्ञान प्राप्त भएकै हो त ? उनका भाषण सुन्ने जो कोही पनि उनलाई हत्या र हिंसाको बाटोबाट विमुख भएर देश बनाउन अघि बढेको भनेर मान्न तयार छन् । तर उनलाई बुझ्न त्यति सहज छैन ।

बौद्ध भिक्षु भएका होइनन् । त्यसैले राजनीतिक फाइदा लिने लोभमा सत्यलाई आत्मसात गर्न सकिरहेका छैनन् । आफूले अपनाएको र लाखौंलाई अनुयायी बनाएको माओवाद र हिंसा यस देशका लागि गलत थियो भन्न अझै उनको आँट पुगेको छैन । त्यस बेलाको परिस्थितिले हिंसा नै माग गरेको थियो र सो हिंसाले समाज परिवर्तनमा ठूलो सहयोग ग¥यो भन्नेमै उनी अझै अडिग देखिएका छन् । किन्तु, सहीरूपमा हिंसाको प्रायश्चित्त नगर्दासम्म न त उनी अंगुलीमाल बन्न सक्छन् न उनलाई पुरानो छविबाट अलग रहेर हेर्नै सकिन्छ ।

नयाँ शक्तिले हत्या र हिंसालाई सम्पूर्णरूपमा नत्यागेको हो भने उ सत्तामा पुगेता पनि न त उसले घोषणा गरेको आर्थिक विकास प्राप्त हुन्छ, न त नेपाल हाम्रै जीवनकालमा समृद्ध देश बन्न सक्दछ । किनभने हिजो उनले देखेको हिंसाको उपादेयता आज नेत्रविक्रम चन्द र मोहन वैद्यका माओवादी समूहले देखेका छन् । भोलि कुनै पनि रूपमा सरकारमा पुगेको बेला आफूले गरेको हिंसा सकारात्मक भएको देख्ने व्यक्तिले अरूले उही माओवाद मानेर गरेको हिंसा गलत भन्न मिल्छ ? कारबाही गर्न मिल्छ ? जबसम्म डा. भट्टराई सत्ताको साँचो बन्दुकको नालबाट होइन जनताको साथबाट आउँछ भन्ने विश्वास गर्दैनन् र त्यसका लागि विशेष प्रयत्न एवं त्याग गर्दैनन्, अर्थात जबसम्म विगतको प्रायश्चित्त गर्दैनन् तबसम्म उनी सरकारमा पुगे पनि जनताले अधिकार र देशले विकास प्राप्त गर्न सक्दैन ।

डा. भट्टराई साँचो अर्थमा अंगुलीमाल बन्न नसक्तासम्म उनी जिम्बावेका राष्ट्रपति रबर्ट मुगाबे बन्ने जोखिम कायमै रहन्छ ।

को हुन रबर्ट मुगाबे ? अफ्रिकी देश जिम्बावेका विगत २६ वर्ष देखिका लोकतान्त्रिक तानाशाह हुन् मुगाबे । उनी पनि डा. भट्टराईजस्तै माओवादमा विश्वास गर्ने नेताका रूपमा अघि बढेका हुन् । डा. भट्टराईजस्तै विद्वान् मुगाबे पनि पुराना अवशेषहरूलाई समाप्त पार्न नसकुन्जेल प्रगतिशील समाजको निर्माण संभव हुँदैन भन्ने ठान्थे । यसै कारण सन् १९०० देखि यता निर्माण भएका समाजका संयन्त्रको विनाश गर्ने क्रममा उनी राष्ट्रपति भए १९८७ मा । पश्चिमा देशको विश्वास जितेर उनी लोकतान्त्रिक प्रक्रियाबाट राष्ट्रपति त भए तर त्यही निर्वाचन सो देशका लागि अन्तिम लोकतान्त्रिक निर्वाचन भयो । उनी सत्तामा पुगेपश्चात सम्पूर्ण शक्तिशाली पद कब्जा गर्न थाले । सरकार प्रमुख पनि, सेना प्रमुख पनि राष्ट्रपति पनि सबै भए । विपक्षी दलका नेता धमाधम मारिन थाले । कतिपय नेताको मोटर दुर्घटनामा मृत्यु भनियो तर दुर्घटना परेको मोटरमा बन्दुकका गोलीले जाली झँै पारेका प्वाल भेटिन्थे । उनले विपक्षी दलका नेतालाई जेल, नेल मात्र हिंसात्मक आक्रमणको पनि सिकार बनाए । अहिले उमेर नब्बे वर्ष कटेपछि बल्ल विपक्षीलाई साथ लिएर हिँडेजस्तो गर्दैछन् मुगाबे । तैपनि हरेक मोडमा धोका र समस्या दिन छाडेका छैनन् ।

डा. भट्टराई किन मुगाबे बन्लान् भन्ने डर भयो त ? किनभने उनले अझैपनि मनमा खिल गाढेर बसेको हिंसाको बीऊलाई निकालेर फ्याक्न सकेका छैनन् । उनलाई अझै डर छ त्यसबेला गरेको हिंसा गलत भयो भन्यो भने उनलाई ठूलो संख्यामा पुराना माओवादी कार्यकर्ताले छाडेर जानेछन् । तर त्यो उनको भ्रम सही वा गलत अहिल्यै प्रमाणित गर्नुपर्छ । अहिलेको लोकतान्त्रिक वामपन्थी दलको आवरणमा अझैपनि हिंसा प्रेमी कोही बाँकी छन् भने तिनले अन्ततोगत्वा डा. भट्टराईलाई मुगाबे नै बनाएर छाड्छन् । वा नयाँ शक्तिले सफलताको झन्डा गाड्योभने उनलाई हिंसात्मकरूपमा नै गलहत्याउने संभावना कायमै रहन्छ ।

अंगुलीमाल बन्ने कि मुगाबे त्यो डा. भट्टराईले नै निर्णय गर्लान् । तथापि आजको अति भ्रष्ट र अतिवादी वामपन्थको प्रभुत्व देखिएको समाजमा लोकतन्त्र र आर्थिक विकासको ताजा नारा लिएर आएको नयाँ शक्तिलाई नेपाली समाजले आशापूर्ण नजरले हेरेका छन् । अब नेपाली कांग्रेस, एमाले वा अन्य कुनै दलले आफ्नो राजनीतिक सिद्धान्तमात्र उत्कृष्ट भएर हुँदैन सो कुरा व्यवहारमा पनि देखिनुपर्छ भन्ने बुझ्नै पर्ने अवस्था उत्पन्न भएको छ । अन्यथा, कांग्रेसबाट रिसाएका तर एमालेमा जान नसकेका वा एमालेबाट दिक्क भए पनि कांग्रेसमा प्रवेश गर्न नसकेका कार्यकर्ता र मतदाताका लागि नयाँ शक्ति नयाँ आश्रयस्थल हुनसक्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७३  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC