site stats
बाह्रखरी :: Baahrakhari
राजनीति

काठमाडौँ । नयाँ शक्ति नेपालले पार्टीको राजनीतिक संवाद समितिका संयोजक मुमाराम खनाललाई सो जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

पार्टीको आज बसेको कार्यसमितिको बैठकले खनालका विषयमा अनुशासन आयोगको छानबिन प्रक्रिया चलिरहेका अवस्थामा तत्काल जिम्मेवारीबाट मुक्त गरेको जनाइएको छ ।  उनलाई पार्टीको विधानविरुद्ध काम गरेको आरोप लागेको छ । पार्टी प्रवक्ता खिमलाल देवकोटाका अनुसार केन्द्रीय कार्यकारी सदस्य सोनाम छिरिड शेर्पाविरुद्ध अदुअआले मुद्दा दायर गरेकाले पार्टीको विधान बमोजिम उनी स्वतः निलम्बनमा परेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले पार्टी संयोजक डा बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारी परिषद् सदस्य तथा प्रचार विभाग सदस्य विश्वदीप पाण्डेका पिता, पार्टीका संस्थापक सदस्य तथा सांसद भक्तिप्रसाद पाण्डेको असामयिक निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी विशेष राजनीतिक समितिको निर्णयानुसार मातृभूमिका लागि युवा अभियानका संयोजक सुनिल खड्का र पूर्वप्रहरी नायब महानिरीक्षक अशोक श्रेष्ठलाई केन्द्रीय कार्यसमितिमा थप गरिएको जनाइएको छ । उक्त बैठक अरु दुई दिनसम्म चल्ने बताइएको छ । रासस

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७३  २१:३५
प्रतिक्रिया दिनुहोस्