site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जस्तो शान्ति प्रक्रिया र शान्ति सम्झौता विकसित देशमा भएको भए छुट्टै महत्व पाउने बताएका छन् ।
बुधबार नेपाल ‘ट्रान्जिसन टु पिस इन्स्टिच्यूट’ले होटल ¥याडिसनमा आयोजना गरेको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको राजनीतिक सत्रमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले भने,“नेपालको शान्ति प्रक्रिया र शान्ति सम्झौता सामान्य विषय थिएन र होइन । हाम्रो जस्तो शान्ति प्रक्रिया अमेरिकी र युरोपेलीजस्ता विकसित मुलूकमा भएको भए त्यसले विश्व जगतमा छुट्टै महत्व पाउँथ्यो । कतै हाम्रोजस्तो गरिब र सानो मुलूकमा भएर यसले अन्तर्राष्ट्रिय जगतमा कम महत्व पाएको हो कि भन्ने अनुभूति गर्ने गरेको छु ।”
विश्वमा शान्ति प्रक्रियाका विभिन्न मोडल भएपनि नेपालको जस्तो मौलिक र सफल शान्ति प्रक्रिया विश्वमा कमै भएको भन्दै प्रधानमन्त्रीले भने,“संसदीय मुलधारको नेतृत्व गरेका पार्टीहरु र परिवर्तनको मुलधारको नेतृत्व गरेको माओवादी पार्टीबीच राजनीतिक समझदारी कायम भई राजतन्त्रका विरुद्ध संयुक्त संघर्ष हुनु र राजनीतिक संघर्षको विजयपछि तिनै शक्तिहरुका बीचमा शान्ति सम्झौता हुनु सामान्य विषय होइन । विश्वमा शान्ति प्रक्रियाका प्रशस्त प्रयासहरु भएका छन् । तर, नेपालको जस्तो सफल र मौलिक शान्ति प्रक्रिया विश्वमा कमै भेटिन्छन् ।”
सम्मेलनमा प्रधानमन्त्रीले माओवादी पार्टी पुरानो मुलधारमा आएको नभएर सबै शक्तिहरुले आफ्ना पुराना मान्यता छोडेर नयाँ मुलधारमा आएको बताए । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  २१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC