site stats
बाह्रखरी :: Baahrakhari
विशेष
‘वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण’  

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु विडम्बना भएको बताएका छन् । 

“जनतालाई कोरोना आतंकबाट राहत दिन सक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ,” डा. भट्टराई सामाजिक सञ्जाल ट्विटरमा लेख्छन्, “सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर साबित भएका छन् ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्ने उनले बताएका छन् । उनले  सबैले आत्मसमीक्षा गर्नु पर्ने पनि बताएका छन् । 

प्रतिपक्षी दलहरुले बहुमतको सरकार दिन नसके पछि ओली पुन: प्रधानमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको ठूलो दलको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । उनी संविधाको धारा ७६ (३) अनुसार नियुक्त भएका हुन् । विपक्षी गठबन्धनले धारा ७६ (२) अनुसार बहुमतको दाबी नगरेपछि उनलाई नियुक्त गरिएको हो ।

उनले आज दिउँसो २ बजे पद तथा गाेपनीयताकाे शपथ लिँदैछन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०६:३८
प्रतिक्रिया दिनुहोस्