site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्रीको भागबन्डा मिलेपनि मन्त्रालयको बाँकी नै, प्रधानमन्त्रीले मागे भागबन्डाको अधिकार
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रीको भागबन्डा मिलेको छ ।

भागबन्डाअनुसार नेपाली कांग्रेसले आठ, नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित पाँच, जसपा र नेकपा (एकीकृत समाजवादी)लाई दुई–दुई, लोसपा (लोकतान्त्रिक समाजवादी), नागरिक उन्मुक्ति, जनमत पार्टी, डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहलाई एक–एक मन्त्री दिनेगरी भागबन्डा मिलेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, मन्त्रालयको बाँडफाँट भने मिलिसकेको छैन । मन्त्रीमा सिफारिस भएका एक नेताका अनुसार त्यसको अधिकार प्रधानमन्त्रीले आफूलाई दिन माग गरेका छन् ।

“कसले कति मन्त्री पाउने भन्ने सहमति भयो तर कुन मन्त्रालय पाउने भन्ने सहमति अझै भएको छैन,” मन्त्री सिफारिस भएका एक नेताले भने, “प्रधानमन्त्रीले त्यो अधिकार मलाई दिनुस् भन्नुभयो । भोलि बिहान उहाँले भागबन्डा गरेर गठबन्धनका नेताहरूलाई सुनाउनुहुनेछ ।”

Global Ime bank

उनले प्रधानमन्त्रीले गरेका निर्णय गठबन्धनका दललाई मान्य हुँदैन भनेर अहिले नै परिकल्पना नगर्न आग्रह गरे ।

“प्रधानमन्त्रीले गरेको निर्णय गठबन्धनका दलले मान्न नसक्ने हुन्छ भनेर किन परिकल्पना गर्नुहुन्छ ?,” प्रधानमन्त्रीको बाँडफाँट दलहरूलाई मान्य भएन भने के हुन्छ भन्ने प्रश्नमा उनले भने, “उहाँले दलहरूको भावना समेटेर नै बाँडफाँट टुंग्याउनुहुनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC