site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपाबाट बारा–२ मा उपेन्द्र यादवको एकल नाम सिफारिस
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । बारा निर्वाचन क्षेत्र २ मा आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनको लागि जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादवको एकल नाम सिफारिस भएको छ । बुधबार बसेको जसपा क्षेत्रीय समितीको बैठकले अध्यक्ष यादवलाई उमेदवारको रूपमा सिफारिस गरेको हो ।

बारा–२ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएकाले उपनिर्वाचन हुन लागेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यादव प्रमुख दलसँग तालमेल गरी उमेदवार बन्ने रणनीतिमा छन् । सीके राउत नेतृत्वको जनमत पार्टीले पनि उमेदवार उठाउने घोषणा गरेको छ ।

जनमतले यहाँ नेकपा (माओवादी केन्द्र)का नेता शिवचन्द्र कुशवाहालाई बुधबार नै पार्टीमा भित्र्याएको छ ।

Global Ime bank

गत निर्वाचनमा कुशवाहा रामसहाय यादवसँग ३५४ मतले मात्रै पराजित भएका थिए । यादव १३ हजार ८२२ मत ल्याएका थिए भने कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC