site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो भने कांग्रेसको पदाधिकारी बैठकले पनि सोमबारसम्म विस्तार हुने भएकाले सरकारमा सहभागीहरुको नामावली आइतबारसम्म टुंगो लगाउने बताएको थियो ।

कांग्रेसको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले सरकार विस्तारमा भइरहेको प्रगतिका बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दिएको जानकारीअनुसार सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी भएको छ ।

आफूहरु आन्तरिक छलफलमै रहेकाले आइतबारसम्ममा कांग्रेसले पनि नामावली टुंगो लगाउने तयारी गरेको उनको भनाइ छ ।

Global Ime bank

कांग्रेसमा पदाधिकारीले नै नेतृत्त्व गरेर सरकारमा जाने विषय करिब टुंगो लागे पनि कसको नेतृत्त्व भन्ने टुंगो लागिनसकेको एक पदाधिकारी बताउँछन् ।

तर उनले उपसभापति पूर्णबहादुर खड्काकै नेतृत्त्वमा पठाउन सभापति शेरबहादुर देउवा तयार भएको बताए ।

“उपसभापति पूर्णबहादुर खड्काकै नेतृत्त्वमा सरकारमा सहभागी हुने सम्भावना बढी छ,” ती नेताले भने, “कांग्रेस संसदीय दल र कार्यसम्पादन समितिको बैठक बोलाएर निर्णय गर्ने तयारी गरेको छ ।”

माओवादीको बैठकमा प्रधानमन्त्री दाहालले सरकार विस्तारमा भइरहेको प्रगतिका बारेमा बताएका थिए ।

उनी निकट एक नेताले दिएको जानकारीअनुसार प्रधानमन्त्री रहेको पार्टी नेकपा माओवादीले पाँचवटा मन्त्रालयको जिम्मेवारी लिनेछ ।

कांग्रेसको दाबी ८ रहेकाले सकेसम्म ८ वटै मन्त्रालय दिने तयारी प्रधानमन्त्रीले गरेको ती नेताले बताए ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, नेकपा एकीकृत समाजवादी पार्टीलाई ३, जसपालाई २, बाँकी रहेका साना दललाई एक एक वटा मन्त्रालय दिने तयारी छ ।

प्रधानमन्त्रीले आफू निकटका नेताहरुसँग रास्वपासहितका पार्टीलाई सरकारमा सहभागी गराउने तयारी भएकाले विस्तारमा ढिलाई भएको बताएका छन् ।

रास्वपालाई यसअघिजस्तै तीनवटा मन्त्रालय दिने तयारी छ । 

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको र राष्ट्रपतिमा सत्ता गठबन्धनका उमेदवारलाई सहयोग गरेको थियो ।

साना पार्टीले पनि उपप्रधानमन्त्रीसहित मन्त्रालयमा दाबी गरेका कारण केही कठिनाइ भएको स्रोत बताउँछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC