site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका छन् । 

प्रहरी प्रधान कार्यलयमा आज अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्दै उनले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाए ।

उनले प्रहरी महानिरीक्षक सिंहलगायतको उच्च अधिकृतले प्रहरी सेवामा अनवरत नेतृत्वमा रहेर पु¥याएको सेवाप्रति अभार व्यक्त गरे । उनले अवकाश हुन लागेका महानिरीक्षक सिंहको आगामी जीवनको सफलताको शुभकामना दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सबै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन गर्न सफल भएको र उक्त कार्यका लागि प्रहरी कर्मचारीबाट प्राप्त साथ र सहयोगको खुलेर प्रशंसा गरे । उनले प्रहरी कर्मचारी पनि शान्ति मिसनमा जाने सन्दर्भका विषयलाई आफूले अघि बढाएकाले अबको नेतृत्वले त्यो पूरा गरेर रोकिएका कार्यलाई निरन्तरना दिने विश्वास व्यक्त गरे ।

उनले नवनियुक्त महानिरीक्षक कुँवरको कार्यकाल सफलताको शुभकामना  दिए। सिंहसहित उनका ब्याची आज राति १२ बजेदेखि अवकाशमा जाँदै छन् । नवनियुक्त महानिरीक्षक कुँवरले शनिबारदेखि कार्यभार सम्हाल्नेछन् ।

Global Ime bank

सिंहसँगै नौ प्रहरी अधिकृत अवकाशमा

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहित उनका ब्याजी नौजना प्रहरी अधिकृतहरु आजबाट अनिवार्य अवकाशमा जाँदै छन् । गत वैशाख १८ मा महानिरीक्षक पदमा पदोन्नति भएका सिंहले झण्डै एक वर्ष महानिरीक्षक भएर सेवा दिए । उनका ब्याचीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जाँदै छन् ।

आज राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिने भएकाले आजैको मन्त्रिपरिषद् बैठकले शनिबारदेखि लागु हुने गरी प्रहरी महानिरीक्षकमा एआईजी वसन्तबहादुर कुँवरलाई बढुवा गर्ने निर्णय गरिसकेको छ । 

सिंहसँगै तीन डीआईजी र दुई एसएसपीले पनि अनिवार्य अवकाश लिँदैछन् । प्रहरी प्रधान कार्यालयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय उमाशङ्कर पञ्जियार र जनकराज पाण्डे पनि आज राति १२ बजेदेखि लागु हुने गरी अनिवार्य अवकाशमा जाने प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २१:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC