site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्याजदर घटाउन र ऋण चुक्ता गर्ने समयसीमा बढाउन राप्रपा नेपालको माग
Tiktok banner adTiktok banner ad

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले बैंक र विभिन्न वित्तीय संस्थाहरुको चर्को ब्याजदर घटाउन र ऋण चुक्ता गर्ने समयसीमा बढाउन माग गरेको छ ।

पार्टी महामन्त्री राजाराम बर्तौलाले दिएको जानकारीअनुसार बैठकले लघुवित्तको ऋणचक्रमा परेका विपन्न परिवारलाई ऋणमुक्त पार्न प्रभावकारी कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै, बैठकले संगठन विस्तारका क्रममा काठमाडौं उपत्यकाभित्रका सबै वडाहरुमा चैत्र मसान्तभित्र इकाइ समिति गठन गर्ने, प्राथिमिकता प्राप्त १५ जिल्लाहरुका वडाहरुमा वैशाख मसान्तभित्र इकाइ समिति गठन गर्ने, अन्य जिल्लाहरुमा कम्तिमा पालिका तहका जेठ महिनाभित्र इकाइ समिति गठन गर्ने कार्ययोजना पारित गरेको छ ।

साथै, जिल्लागत जिम्मेवारी दिएर ६ वटा विभिन्न टोली बनाएर जिल्ला पठाउने निर्णय गरेको छ ।  नेताहरु राजिव पराजुली, श्याम तिमिल्सिना, सुशील श्रेष्ठ, राजाराम बर्तौला, केशव श्रेष्ठ, तेज कुरुम्वाङलगायत प्रदेश अध्यक्षहरु सहभागी भ्रमण टोली जिल्लामा खटिनेसमेत निर्णय भएको छ ।

महामन्त्री बर्तौलाका अनुसार चैत्र महिनाभित्र प्रदेश स्तरीय प्रशिक्षण, वैशाख महिनाभित्र जिल्लास्तरीय प्रशिक्षण सञ्चालन हुनेछ भने उपत्यकाभित्रका पालिकामा चैत महिनामा र अन्य पालिकास्तरीय प्रशिक्षण मंसिर महिनाभित्र सम्पन्न गरिने निर्णय भएको छ । 

बैठकले पार्टीको आर्थिक विभाग, कानुन विभाग र नीति तथा अनुसन्धान विभागको कार्यक्रम पास गरेको छ । वैशाखको दोस्रो हप्ता संयुक्त जनप्रदर्शन गर्ने र पुस महिनाभित्र जनवर्गीय संगठनको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro