site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोदी र किशिदाबीच भेटवार्ता, खुला र स्वतन्त्र इन्डो-प्यासिफिक योजना सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका समकक्षी जापानका प्रधानमन्त्री फुमियो किशिदाबीच सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा दुवै राष्ट्र प्रमुखहरुले भारत–जापानबीचको वैश्विक रणनीति साझेदारी विस्तार गर्ने र शान्त, स्थिरता र समृद्ध इन्डो–प्यासिफिकको आवश्यकतामा जोड दिएका समाचारमा जनाइएको छ । 

बहुपक्षीय वार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भारतले जी–२० (विश्वका २० ठूला अर्थतन्त्रहरुको समूह)को अध्यक्षता गरिरहेको र जापानले जी–७ (विश्वका सात ठूला अर्थतन्त्रहरुको समूह)को अध्यक्षता गरिरहेको सन्दर्भमा दुवै पक्षका लागि यो वैश्विक समृद्धीमा सहकार्य गर्न सकिने मौका भएको बताएका छन् ।

“आज जापानका प्रधानमन्त्री फुमियो किशिदाले मलाई जी–७ लिडरहरुको सम्मेलनको निम्तो दिएका छन् । यसका लागि म धन्यवाद दिन्छु,” मोदीले भनेका छन् ।

मोदीले किशिदालाई जी–२० को अध्यक्षतामा भारतका प्राथमिकताहरुबारे ब्रिफ गरेको बताएका छन् ।

“यस वर्षको सेप्टेम्बरमा जी–२० लिडरहरुको सम्मेलनमा मलाई फेरि प्रधानमन्त्री फुमियो किशिदालाई भारतमा स्वागत गर्ने मौका मिल्नेछ,” मोदीले अघि भनेका छन् ।

उनले जापान र भारतबीचको रणनीतिक साझेदारी प्रजातान्त्रिक सिद्धान्त र अन्तर्राष्ट्रिय नियमहरुको सम्मानमा आधारित रहेको बताएका छन् ।

यस्तै, जापानका प्रधानमन्त्री किशिदाले जापानले भारतमा थप लगानी गर्ने र यसले नयाँदिल्लीलाई मात्रै नभएर टोकियोलाई समेत फाइदा पुर्याउने बताएका छन् ।

यस्तै, उनले भारतीय भूमिमा स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको लागि आफ्नो योजनासमेत अनावरण गरेका छन् । तर, यो योजनाको भित्री विवरण भने सार्वजनिक गरिएको छैन ।

भारत र जापानबीचको सम्बन्ध सन् २००० मा ग्लोबल साझेदारी, सन् २००६ मा रणनीतिक र ग्लोबल साझेदारी र सन् २०१४ मा विशेष रणनीतिक र ग्लोबल साझेदारी बढ्दै गएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro