site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्व कपमा पुग्न धेरै खेल्न बाँकी छ !

गत साता (बिहीवार) कीर्तिपुरमा भएको रोमाञ्चक खेलको लेखाजोखा भइरहेको छ । यसमा बुझेर हो वा नबुझेर धेरैले आगामी दिनमा भारतमा हुने क्रिकेट विश्वकपको म्याच खेल्न नै नेपाल छानिएकोजस्तो गरेर पुरस्कार घोषणा गर्नेलगायत गरिरहेका छन् । अझ कतिपयले त भारतसँग भिड्ने भइयो र भारतीय खेलाडीको  सातोपुत्लो उँडिसक्यो भन्ने खालका हावादारी गफसमेत पोस्ट गरेको देखिन्छ ।

अब अलिकति तथ्य पनि बुझौँ न ।

नेपाल अहिले सम्पन्न भएको सुपर लिग-२ मा तेस्रो स्थानमा अटायर अन्तिममा हुने विश्वकपका लागि छानिनुपर्ने १० टिममध्ये छानिन बाँकी २ सिटका लागि अर्को बाधा (next and final hurdle) विश्व कप क्वालिफायर लिग म्याच (World Cup Qualifier League Match) खेल्ने १० टिममध्ये एउटा टिम हुन पुगेको हो । विश्वकप नै खेल्न जान छानिएको होइन । यो अझै बेला भइसकेको छैन । अन्तिम अन्तिमतिरको छनोट प्रक्रियामा नै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सुपर लिगको  अङ्क तालिका हेर्दा आयोजक देशको हैसियतले भारतसमेत गरेर जम्मा ७ देश विश्वकप खेल्न छानिइसकेका छन् भने थप ३ टिम छानिन बाँकी छ । छनोटमा परिसकेका ७ देश र तिनले प्राप्त गरेको अङ्कअनुसार १ देखि ७ सम्मको वरीयता यस्तो छ -  १. इङ्गल्यान्ड (१५५ अङ्क), २. न्युजिल्यान्ड (१५० अङ्क), ३. इन्डिया (१३९ अङ्क), ४. बङ्गलादेश (१३० अङ्क), ५. पाकिस्तान (१३० अङ्क), (६) अस्ट्रेलिया (१२० अङ्क) र (७) अफगानिस्तान (११५ अङ्क) । यसमध्ये सुपरलिग १ को अङ्क तालिकामा पुछारतिर रहेका १. वेस्ट इन्डिज , २. दक्षिण अफ्रिका, ३. श्रीलङ्का, ४. आयरल्यान्डमध्येको कुनै १ टिम पनि अब बाँकी खेलहरूको नतिजाअनुसार आठौं टिमको रूपमा स्वतः अटाउनेछ ।

अहिलेसम्म वेस्ट इन्डिजले पूरै चक्र पूरा (cycle complete) गरेर ८८ अङ्क बटुली आठौं स्थान सुनिश्चित गरिरहेको छ भने अन्तिम राउन्ड खेल्न बाँकी रहेका दक्षिण अफ्रिका (७८ प्वाइन्ट नेदरल्यान्डससँग २ म्याचको सिरिज खेल्न बाँकी), श्रीलङ्का (७७ प्वाइन्ट- न्युजिल्यान्डमा ३ म्याचको सिरिज खेल्दै), र आयरल्यान्ड (६८प्वाइन्ट- बंगलादेशसँग आफ्नै देशमा ३ म्याचको सिरिज यही मे महिनामा खेल्ने) ले पनि सुपरलिग-१ को आठौं स्थानमा पर्ने सम्भावना कायमै राखेका छन् । यी तीन टिमले खेल्न बाँकी म्याचहरूमा सबै जिते वेस्ट इन्डिजको ८८ अङ्कभन्दा बढी बनाउनेछन् । जित्न नसकेमा वेस्ट इन्डिज नै आठौं टिमका रूपमा छनोट हुनेछ ।  

Global Ime bank

यस प्रकार सुपर लिग-१ टुंगिनै लागेको  छ । यो  टुंगिएपछि सुपरलिग-१ को पुछारमा रहने बाँकी सबै टिमले पनि विश्वकपको लागि छनोट हुन बाँकी थप २ सिटका लागि अब जिम्बाव्बेमा १८ जुनदेखि सुरु हुने क्वालिफायर लिग (Qualifier League Match) थप खेल्नु पर्नेछ । यसका लागि सुपर लिग -१ का पुछारका ५ टिम, सुपरलिग-२ का टप ३ टिम (नेपाल यसैमा अटाएको हो) र क्वालिफायर प्ले अफ म्याचका टप दुई टिमसमेत गरी विभिन्न चरण र प्रक्रियाबाट छानिदै आएका १० टिमबीचमा क्वालिफायर म्याचहरु थप खेल्नु पर्नेछ । यही जुन १८ देखि एक महिनाका लागि जिम्बाव्बेमा हुने क्वालिफाएर लिग म्याचबाट प्रथम र दोस्रो हुने दुई टिम थप छनोट हुनेछन् । क्वालिफायरबाट छनोट हुने यिनै दुई टिम छानिएर पहिले नै छनोट भइसकेका ८ टिमसँग थपिन गई उच्चस्तरको एक दिवसीय विश्व क्रिकेट प्रतियोगिता खेल्न उत्कृष्ट १० टिमबीचमा प्रतिस्पर्धा हुनेछ । यही नै विश्वकप क्रिकेट प्रतियोगिता २०२३ (भारतमा अक्टोबर नोभेम्बरतिर हुन लागेको ) को फर्म्याट हो ।

यस्का लागि  शीर्ष स्थान (टप रेन्किङ) भित्रका १३ राष्ट्रहरूबीचको  फस्ट लिगमा रहेका या पुगेका तर ८ टिमभित्र नअटाएका अरु पुछारका ५ टिमहरू १. वेस्ट इन्डिज, २. दक्षिण अफ्रिका, ३. श्रीलङ्का, ४. आयरल्यान्ड, ५ जिम्बाव्बे र ६. नेदरल्यान्डसमध्येबाट १ टिम छानिएर ८ओैं टिम हुनेछन् । र, बाँकी पुछारमा रहेका ५ टिमले जिम्बाव्बेमा हुने क्वालिफायर म्याच (Qualifier Match खेल्नु पर्नेछ । 

त्यसैगरी विश्व वरीयतामा १४ देखि २० सम्म रहेका नेपाललगायतका ७ देशहरूबीचको सुपरलिग - २ हालै सकिएको छ र यसबाट छनोट भएका माथिल्ला तीन टिम अर्थात् १. स्कटल्यान्ड, २. ओमान, ३. नेपालसमेत गरी ३ टिम जिम्बाव्बेमा हुने क्वालिफायर (Qualifier) खेल्नका लागि छानिइसकेका छन् भने अब बाँकी २ टिम छानिन सुपरलिग -२ को टप तीनमा नपरेका बाँकी ४ टिम १. नामिबिया, २. युयसए, ३. युनाइटेड अरब इमिरेट्स र ४ पपुवा न्यु गिनीका साथै विश्व वरीयता (world ranking) मा २१ देखि ३२सम्म रहेका क्यानाडा, जर्सी, सिङ्गापुर, हङ्कङ मलेसियालगायतका १२ टिमको लिग म्याचमा प्रथम र दोस्रो भएका क्यानाडा र जर्सी गरेर दुई टिमसमेत छ टिमका बीचमा क्वालिफायर-प्लेअफ (Qualifier play-off) यही २६ मार्चदेखि ५ अप्रिलसम्म नामिबियामा हुँदै छ ।  त्यस प्लेअफका १५ ओटा म्याचबाट टप दुई टिम पनि छनोट भई नेपालजस्तै गरेर १८ जुनदेखिको क्वालिफायर म्याच खेल्न जम्मा १० टिम जिम्बाव्बे पुग्नेछन् । 

यसरी अन्तिममा हुने  विश्कपका लागि जिम्बाव्बे हुनलागेको १० टिम बीचको क्वालिफायर म्याचमा प्रथम र दोस्रो हुने २ टिममात्र विश्व कप-२०२३ (ICC WORLD CUP 2023  ) मा रिक्त २ स्थान पक्का गरी जम्माजम्मी १० टिमबीचमा क्रिकेटको एक दिवसीय खेफ हुनेछ भारतमा आगामी अक्टोबरदेखि नोभेम्बर महिनामा ।

यसरी लामो प्रयासपछि विश्व कपको उपाधिका खेल्न अन्तिममा १० टिम को छनोट हुनेछ । विश्व कपका लागि भने ५/५  टिमको दुई समूहमा लिग म्याच र त्यसपछि हरेक समूहको टप तीनमा छनोट भएर सुपर सिक्स लिग म्याच खेलेर अनि त्यसबाट टप चार टिमले सेमिफाइनल नकआउट खेल्नेछन् ।  अनिमात्र विश्वकप विजेताको टुंगो लाग्नेछ ।

तसर्थ, अन्तिम समयसम्म टिकेर विश्वकप खेल्नका लागि नेपालले अब आफ्नो खेल स्तर सुधार गर्दै वेस्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलङ्का, आयरल्यान्डलगायतका टिमहरूको स्तरमा पुर्याउनुपर्ने हुन्छ । अस्ति कीर्तिपुरमा भएको म्याचमा जस्तै एउटै ओभरमा ४ छक्का खान थाल्यो भने लाजमर्दो हुनेछ ।

जे होस्, अस्ति डीएलएस (DLS) रूपी भाग्यले नेपाललाई साथ दिएजस्तै आगामी दिनमा जिम्बाव्बेमा हुने  क्वालिफायर लिग म्याचमा समेत भाग्यले राम्रै साथ देओस् र हाम्रा खेलाडीको खेल स्तर अझै राम्रो होस् । साथै पुछारतिरका डेथओभरका ६ ओभरमा १०२ रन दिएर विपक्षीलाई विश्व रेकर्ड बनाउन नदिऊन् भन्ने अग्रिम शुभकामनासमेत सबैले दिऊँ !

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC