site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

लामो समयदेखि थाती रहेको सङ्क्रमणकालीन न्याय सम्पादन यथाशीघ्र टुंगोमा पुर्‍याउनु जति आवश्यक छ यसका लागि अपनाइने विधि, प्रक्रिया र नियमहरू स्वीकार्य हुनु पनि उत्तिकै जरुरी हुन्छ । परन्तु, विस्तृत शान्ति सम्झौता (२०६३)का पक्षहरूले भने यसको गम्भीरता बुझेको देखिएन ।

तत्कालीन विद्रोही माओवादीका नेताहरू सधैँ नै सङ्क्रमणकालीन न्यायको विषयलाई हाटहुटमै सिध्याउने मानसिकतामा देखिन्छन् । अरू राजनीतिक दलहरू विशेषगरी नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूको दृष्टिकोण सत्ताको राजनीतिबाट प्रभावित रहेको छ । माओवादीसँग सत्ता साझेदारी गर्दा र नगर्दा उनीहरूको धारणा फरक देखिन्छ । 

विगतमा बनाइएको कानुन मूलतः अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नभएको ठहर गरी सर्वोच्च अदालतले संशोधन र सुधारका लागि निर्देशन दिएको थियो । पीडितहरूको आवाज नसुन्ने र संसदीय बहुमतका आधारमा बलमिच्याइँ गर्न तम्सने हो भने पुनः सोही नियति दोहोरिन सक्छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ मा शंसोधनका लागि प्रस्तावित विधेयकमा रहेका केही प्रावधानप्रति मानव अधिकारवादी समूहहरूका साथै पीडितहरूले आपत्ति प्रकट गरेका छन् । सरकार भने यही विधेयक हाटहुटमा पारित गराउने तयारीमा देखिन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालका लागि सङ्क्रमणकालीन न्यायको विषय टुंगो लगाउनु सबैभन्दा महत्त्वपूर्ण

कार्यभार हुनु स्वाभाविकै हो । तर, यसको स्वीकार्यता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने बिर्सनु भएन । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पर्याप्त छलफलविना ‘फास्ट ट्य्राक’बाट पारित गर्नु प्रत्युत्पादक हुनसक्छ ।

द्वन्द्व पीडितहरूले ‘हत्या र यौनजन्य हिंसालाई गम्भीर मानव अधिकार उल्लङ्घनमा नराखिएको, अमानवीय तथा क्रूरतापूर्वक यातनालाई क्षमा योग्य अपराधमा राखिएको र सजाय घटाउन खोजिएको’मा प्रस्तावित विधेयकको विरोध गरेका छन् । नेपाल पक्ष भएका कतिपय अन्तर्राष्ट्रिय कानुनहरूअनुसार पनि यस्ता जघन्य अपराधमा पीडकलाई उन्मुक्ति दिन मिल्दैन ।

सङ्क्रमणकालीन न्याय सम्पादनको विषयलाई पक्षविपक्ष भएर नहेरी पीडितहरूप्रति मानवीय संवेदना राखेर हेरिनुपर्छ । यसैले पीडितहरूको असहमतिलाई बेवास्ता गरेर ‘फास्ट ट्र्याक’ बाट पारित गर्नु अनियमित नभए पनि अन्याय हुन्छ । यसैगरी गम्भीर अपराधमा उन्मुक्ति दिइयो भने अन्तर्राष्ट्रिय समुदायका लागि पनि मान्य हुनेछैन ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप लगाए पनि विधेयकहरूमा सांसदले विवेक प्रयोग गर्नु उचित हुन्छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक हाटहुटमा पारित गरेर थप कचल्ट्याउने काम नगरियोस् । यसैले पीडितहरूको आवाज सुनी मानवता विरोधी जघन्य अपराधमा उन्मुक्ति हुनेलगायतका प्रावधान हटाएरमात्रै विधेयक पारित गर्नु न्यायोचित हुने देखिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro