site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तीन उपराष्ट्रपति– को कस्ता ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले तेस्रो उपराष्ट्रपति पाएको छ । 

शुक्रबार संघीय संसद् भवन नयाँ वानेश्वरमा भएको निर्वाचनबाट रामसहायप्रसाद यादव विजयी भएसँगै देशले तेस्रो राष्ट्रपति पाएको हो । 

गठबन्धन दलको तर्फबाट उमेदवार बनेका यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी हासिल गरेका हुन् । उनले संघ तर्फ १८४ र र प्रदेश तर्फ ३२९ मत  मत प्राप्त गरे ।

Agni Group

अर्का उमेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त गरिन् । उनी एमालेबाट उमेदवार भएकी हुन् । 

यस्तै जनमत पार्टीबाट उमेदवार बनेकी ममता झाले २ हजार ५३७ मतभार प्राप्त गरिन् । यस्तै जसपाबाट अर्का उमेदवार प्रमिला कुमारीले ४८ मतभार प्राप्त गरेकी छन् । 

Global Ime bank

पहिलो उपराष्ट्रपति झा : सपथ ग्रहणनै विवादित 

नेपालको पहिलो उपराष्ट्रपति हुन् परमानन्द झा । उनी ४ साउन २०६५ मा पहिलो उपराष्ट्रपतिको रूपमा विजयी भएका हुन् । 

उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट उपराष्ट्रपति पदको उमेदवार बनेका थिए ।

पहिलो राष्ट्रपति निर्वाचनमा कांग्रेस, एमाले तथा मधेशी दलको गठबन्धन भएको थियो । राष्ट्रपतिमा कांग्रेसका डा. रामवरण यादव विजयी भएका थिए ।

गठबन्धनमा उपराष्ट्रपति पाएको उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले उपराष्ट्रपति पाएको थियो । 

कानुन पृष्ठभूमिका उनी सर्वोच्च अदालतको न्यायाधीशबाट राजीनामा दिएर राजनीतिमा होमिएका थिए । उनी न्यायाधीश हुँदा लागु औषधको मुद्दामा घुस खाएको आरोप लागेको थियो । 

उपराष्ट्रपति यादवले साउन ८ गते लिएको सपथ पनि विवादमा परेको थियो ।  राष्ट्रपति रामवरण यादवबाट शितलनिवासमा सपथ लिदा हिन्दी भाषामा लिएसँगै विवादमा तानिएको थियो । 

यो विषय अदालतसम्म पुग्यो । अधिवक्ता बालकृष्ण न्यौपानेले अन्तरिम संविधानद्वारा हिन्दी भाषालाई मान्यता नदिएको भन्दै रिट निवेदन दायर गरेका थिए । 

१३ साउन २०६५ मा सर्वोच्च अदालतले सरकार र झालाई हिन्दीमा सपथ ग्रहण गरेको सन्दर्भमा लिखित विवरण उपलव्ध गराउन आदेश दिएको थियो ।

एकवर्ष पश्चात् अर्थात् ९ साउन २०६६ मा अदालतले आदेश दिँदै झाको सपथ खारेज गरिदियो र पुनः सपथ ग्रहण गर्नुपर्ने भयो । 

तर, झाले भाषाको अपमान भएको भन्दै सपथ लिन चाहेनन् । अदालतले फैसला गर्दै २०६६ भादैं १४ भित्र सपथ लिन आदेश दिएको थियो ।

तर, झाले अदालतलाई चुनौती दिँदै सपथ लिन मानेन् । झाले सपथ नलिएपछि २०६६ भदौ १५ देखि उपराष्ट्रपति पद रिक्त रह्यो । उनले ६ महिना पश्चात् अर्थात् २०६६ माघ २४ गते नेपाली र मैथलीमा सपथ लिए र उपराष्ट्रपति बने । उनको कार्यकाल १४ कार्तिक २०७२ सम्म रह्यो । 

नन्दकिशोर पुन दोस्रो र तेस्रो कार्यकालका लागि उपराष्ट्रपति 

माओवादी जनयुद्ध हुँदै मूलधारको राजनीतिमा होमिएका तत्कालीन माओवादी नेता नन्दकिशोर पुन सातवर्ष उपराष्ट्रपति पदमा रहे । नेपालमा २०५१ देखि सशस्त्र युद्ध सुरू गरेको माओवादी सेना अर्थात् जनमुक्ति सेनाको चिफ कमान्डर बनेर नेतृत्व गरेको उनी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो र तेस्रो कार्यकालका लागि उपराष्ट्रपति बनेका हुन् ।

पुनले पहिलो कार्यकालका लागि १४ कार्तिक २०७२ मा पद सम्हालेका हुन् । 

उनले नेपाली कांग्रेसका सांसद अमियकुमार यादवलाई पराजित गरेका थिए । पुनले ५४७ मतमध्ये ३२५ मत प्राप्त गरेका थिए । 

त्यसबेला माओवादी र एमालेले चुनावी गठबन्धन गरेका थिए । गठबन्धनकै बलमा राष्ट्रपतिमा एमाले तत्काली उपाध्यक्ष तथा सांसद विद्यादेवी भण्डारी राष्ट्रपतिमा विजयी भएकी थिइन् ।

पुनको दोस्रो कार्यकालका लागि ४ चैत २०७४ सालमा पुनः विजयी भएका थिए । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मिति ९ चैतका लागि मिति तोके पनि पुनको एकल उमेदवारी परेपछि ४ दिनअघिनै उनी विजयी घोषित भएका हुन् । 

दोस्रोपटक पनि एमाले माओवादी गठबन्धनमै थिए । प्रदेश र प्रतिनिधिसभा निर्वाचन वाम गठबन्धन गरेर चुनाव लडेका यी दुई दलले राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा पनि त्यसैलाई निरन्तरता दिएका थिए ।


तेस्रो उपराष्ट्रपति यादव : शिक्षण पेशा हुँदै उपराष्ट्रपति सम्म 
शिक्षण पेशा हुँदै राजनीतिमा उदाएका नेता हुन् रामसहाय प्रसाद यादव । २०४८ सालबाट शिक्षण सेवामा आवद्ध उनले २०६४ सालमा राजीनामा दिएर पूर्णकालिन राजनीतिमा होमिएका हुन् ।

२०४७ मै नेपाल सद्भावना पार्टीको शिक्षक संगठनमा रहेर राजनीतिमा होमिएका उनी २०५९ सालमा मधेशी जनअधिकार फोरमा आवद्ध भएका थिए । 

मधेश आन्दोलनमासमेत अग्रपंक्तिमा रहेर सहभागी भएका उनी पहिलो संविधानसभामा समानुपातिक सांसद बनेका थिए । 

२०७४ सालको निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित उनी २०७८ सालमा वन तथा वातावरण मन्त्री बनेका थिए । 
२०७९ सालको निर्वाचनमा पुनः बारा क्षेत्र नम्बर २ बाटै निर्वाचित उनी चुनाव पश्चात् संसदीय दलको नेता समेत बने । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC