site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ऋण लिएर ऋण मिनाहाकै आन्दोलनमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । लघुवित्तबाट ऋण लिएका ऋणीहरूले पछिल्लो समय चरणबद्धरूपमा आन्दोलन गर्दै आएका छन् । लघुवित्तबाट ऋण लिएको र त्यो ऋण मिनाहा हुनुपर्‍यो भन्दै ‘लघुवित्तीय संस्थाहरूको ज्यादतीविरूद्ध देशव्यापी विरोध प्रदर्शन’ अभियान नै चलाएका छन् । उनीहरू अहिले देशव्यापी रूपमा दौडिरहेका छन् । उनीहरूको माग छ, ‘लघुवित्त खारेज’, ‘ऋण मिनाहा’ तथा ‘बिनाब्याज ऋण’ ।

मंगलबार (फागुन ३० गते) काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शन मा सयौँ ऋणीको सहभागिता थियो । उक्त आन्दोलनमा दुधे बालक बोकेर महिलाहरू सहभागी भएका थिए । उनीहरूको भनाइ थियो– लघुवित्तले हामीलाई घरबारविहीन बनायो । 

आन्दोलनमा सहभागीले आफूहरु स्वयंको सक्रियतामा आएको बताए । लघुवित्तले जति ऋण चाहिए पनि दिने अनि ऋण असुल्न जुनसुकै तहको काम गर्न थालेको उनीहरूको अनुभव छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मासिक किस्ता तिर्न नसकेपछि आन्दोलनको विकल्प नभएको नवलपरासीकी बबिता कायतले बताइन् । उनी काठमाडौंमा भएको यो आन्दोलनमा ऋण लिएर सहभागी भएको बताउँछिन् । नवलपरासीबाट काठमाडौं आउन एक हजार ५०० रुपैयाँ लाग्ने कायतले बताइन् । उनले काठमाडौं आउन र घर फर्कन ऋण लिएर आएको बताइन् ।

“हामीलाई मणिराम ज्ञवाली सरहरूले ऋण मिनाहा हुन्छ, बोलाएको समयमा आन्दोलनमा सहभागी हुनु भन्नुभएको छ । हामी त्यही भएर ऋण काडेर भए पनि आन्दोलनमा सहभागी भएका छौँ,” उनले भनिन्, “मैले तीनवटा लघुवित्तबाट ऋण लिएकी छु । त्यो ऋणको किस्ता मासिक २५ हजार तिर्नुपर्छ । आम्दानीको बाटो छैन । केराखेती गर्न भनेर सुरूमा लघुवित्तबाट ऋण लिएको हो । केरा महिनैपिच्छे फल्दैन । त्यसको पनि अवधि हुन्छ । लघुवित्तबाट लिएको ऋण तिर्न अर्को लघुवित्त वा साहुसँग ऋण काड्नुपर्ने बाध्यता छ ।”

Global Ime bank

त्यसैगरी दाङबाट सहभागी भएका पूर्णप्रताप डीसी पनि आन्दोलनमा आउन पाँच हजार ऋण लिएको बताउँछन् । लघुवित्तकै कारण सात लाख रूपैयाँ ऋण भएको पनि उनले सुनाए । यो आन्दोलनमा सहभागी भए उनको ऋण मिनाहा हुन्छ भन्ने उनलाई विश्वास छ । 

“यो आन्दोलनमा कसैले पनि पैसा दिएर सहभागी छैनन् । ऋण तिर्न नसकेकाहरू नै सहभागी छन् । म पनि ऋण लिएर काठमाडौं आएको हो,” उनले भने, “अरू साथीहरू पनि कुखुरा र बाख्रा बेचेर आन्दोलनमा सहभागी भएका छन् । हामीले लिएको ऋण मिनाहा हुनुपर्छ । हाम्रो माग यही हो ।”

लघुवित्तको ऋण एकदमै महँगो भएको आन्दोलनमा सहभागी लघुवित्त पीडित संघर्ष समितिकी केन्द्रीय सचिव शुशिला थापाले बताइन् । यसले गर्दा यो आन्दोलन झन्–झन् चर्किएको उनको भनाइ छ ।

“एउटा संस्थाबाट एक लाख रुपैयाँ ऋण लिएपछि दुई वर्षमा हामीले दुई लाखभन्दा बढी तिर्नुपर्ने बाध्यता छ । लघुवित्तबाट एक लाख ऋण लियो भने त्यसमा १५ हजार रूपैयाँ लघुवित्तले नै काट्ने गरेको छ,” उनले भनिन्, “त्यो पैसा बचतमा र बीमामा जान्छ भन्छन् । किस्ता सकिँदा हाम्रो त्यो पैसा फिर्ता आउँदैन । त्यसैगरी हामीले ऋणको किस्ता एक वर्षमा १३ महिनाको तिर्नुपर्छ । यो अन्याय हो ।”

त्यस्तै, समूहमा मासिक ५०० रुपैयाँ बचत भनेर जम्मा गरेको पैसा पनि लघुवित्तले फिर्ता नदिने गरेको उनको भनाइ छ । अब यस्तो बेथिति सहेर महिला नबस्ने उनले बताइन् । 

“महिला दिदी बहिनीहरू लघुवित्तको विरूद्धमा बोल्न नसकेर बसेको अवस्था थियो । लघुवित्तहरूले जे–जे गरे पनि सहनुपर्ने अवस्था थियो । तर, अब हामी उनीहरूको आवाज बोल्छौं । १५ प्रतिशत ब्याज भनेर ४० प्रतिशतभन्दा बढी ब्याज लघुवित्तले लिएका छन् । यसको अनुगमन हुनुपर्छ,” उनले भनिन्, “लघुवित्तका कारण धेरै दिदी बहिनीले आत्महत्या गरेका छन् । यसको पनि अनुसन्धान हुनुपर्छ । घरायसी झगडाले आत्महत्या गरिएको भन्ने रिपोर्ट बनाइन्छ । तर, त्यो सत्य हैन । यथार्थ लघुवित्तको ऋण तिर्न नसकेर कतिपयले आत्महत्या रोजेका छन् । लघुवित्तले गाउँगाउँमा गरिबी बढाएको छ ।”

त्यस्तै, लघुवित्त पीडित संघर्ष समितिकी उपाध्यक्ष विष्णु बुढाथोकीले पनि लघुवित्तको लापरवाहीले नै महिलाहरू आत्महत्या गर्न बाध्य भएको बताइन् । लघुवित्तले घरघरमा गएर ऋण लिन बाध्य पारेको उनको भनाइ छ । 

“दुःख पाएका दिदी बहिनीहरूलाई घरघरमा पैसा देखाएर ऋण भिडाउने लघुवित्त अपराधी हुन् । पैसा देखेपछि सबैलाई लोभ लाग्छ,” उनले प्रश्न गरिन्, “ऋण दिएकै दिनदेखि ब्याज लाग्ने अनि केही उद्यम नभएका महिलाले कसरी ऋण तिर्ने ? लघुवित्त पोस्न मिटरब्याजीलाई गुहार्न जानुपर्ने हो ? सरकार के हेर्दै छ ?”

सरकारले उद्यमीलाई प्राथमिकता नदिएको पनि बुढाथोकीको भनाइ छ । सरकारले अहिले बिचौलियाको संरक्षण गरेको उनले आरोप लगाइन् । 

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस मसान्तसम्म ६४ लघुवित्त संस्थाबाट ३२ लाख ६० हजारले ऋण लिएका छन् । त्यस्तै, लघुवित्तका सदस्य संस्था ५९ लाख ८८ हजार पुगेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  २१:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC