site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालमा भारुको माग घट्यो, १५५ सम्म कारोबार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतसँगको सिमावर्ती क्षेत्रमा भारतीय रुपैयाँको मागमा भएको कमी अझै हटेको छैन । 

फागु पूर्णिमा (होली)मा नेपालमा रहेका भारतीय कामदार आफ्नो देशमा फर्कदा सामान्य अवस्थामा भारतीय रुपैयाँको मूल्य पुगे पनि अझै पनि भारतीय रुपैयाँ १०० को १५८ सम्ममा कारोबार हुने गरेको छ । 

वीरगन्ज उद्योग वाणिज्य महासंघका महासचिव मनोजकुमार दास नेपालमा व्यापार व्यवसाय कम भएको कारण भारतीय रुपैयाँको बट्टादर १५८ सम्म झरेको बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“नेपालका बैंकले बढी ब्याजदर दिएको कारणसमेत भारतीय रुपैयाँ अत्यधिक आएको अनुमान गरिएको छ,” दासले भने, “होलीको समयमा भारतीय कामदार आफ्नो गाउँ फर्केने क्रममा भने भारतीय रुपैयाँको माग बढेको देखिएको थियो ।”

नेपालको दुई तिहाईभन्दा बढी व्यापार भारतसँग हुने गरेको छ । नेपालले भारतीय मुद्रासँग स्थिर बिनिमयदर प्रणाली लागू गरेको छ । बैंकहरुले १०० भारु १६० रुपैयाँ खरिद गर्ने र १०० भारुको १६० रुपैयाँ १५ पैसामा बेच्ने गर्छन् । 

Global Ime bank

सिमावर्ती क्षेत्रका व्यवसायीहरुका अनुसार नेपालमा नचल्ने ५०० र २ हजारको नोटको आपूर्ति बढेको कारण भारतीय रुपैयाँको मागमा कमी आएको हो । 

यसबाहेक पछिल्लो समय सरकारले भारतीय सिमावर्ती बजारमा गएर नेपालमा ल्याउने कामलाई कडाई गरेको छ । 

जसले गर्दा भारुको मागमा कमी आएको छ । तर नेपालबाट भारततर्फ हुने गरेको सुनको तस्करीमा भने कमी आएको छैन । 

“नेपालबाट भारततर्फ अनौपचारिक रुपमा जाने सामानमा कुनै कमी आएको छैन, ”विराटनगरका एक व्यवसायीले भने, “सुन भारततर्फ गए पनि भारतबाट नेपालमा आउने तस्करी नभएको कारण भारतीय मुद्राको माग घटेको हो ।”

अर्थविद् नरबहादुर थापा भारतीय मुद्राको मूल्य तोकिएको भन्दा कम हुनुलाई नेपालको लागि अर्थ प्रणाली असफल हुन थालेको रुपमा देखिने बताउँछन् । 

“अनौपचारिक बजारमा १०० भारुको १५५ तथा १५८ सम्म कारोबार हुनुले देशको अर्थतन्त्रमा अनौपचारिक हिस्सा बढेको देखाएको छ,” थापाले भने, “सरकारले नेपालमा ५०० र २ हजार भारतीय रुपैयाँको कारोबारमा प्रतिबन्ध लगाएपनि त्यो व्यवहारिक नभएको देखियो ।”

नेपाली बजारमा सरकारले १०० रुपैयाँभन्दा बढीको भारतीय रुपैयाँको कारोबार वैध छैन । 

राष्ट्र बैंक तथा बैंकहरुले भारतीय रुपैयाँको सटही दिँदा १०० रुपैयाँ भारतीय रुपैयाँमात्र दिने गरेका छन् । अहिले सिमावर्ती क्षेत्रमा ५०० भारुको नोट बढी रहेको छ । 

“भारतीय रुपैयाँ नलिएसम्म सिमावर्ती क्षेत्रमा कारोबार गर्न सकिँदैन,” विराटनगरका एक व्यवसायीले भने, “भारतबाट नेपाल आउनेले ५०० रुपैयाँ या २ हजारको नोट बोकेर आउने हुन्, जुन अहिले बढी भएको कारण साट्न नसकिएको हो ।”

भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय रुपैयाँमा हुने कारोबार नौलो होइन ।  यसबाहेक भारतमा रोजगारीमा जाने नेपालीले समेत भारतीय रुपैयाँ नै नेपालमा लिएर आउने गरेका छन् । 

सिमावर्ती क्षेत्रमा भारतीय पर्यटकको संख्यामा समेत बढेको छ ।  यसबाहेक विराटनगरमा भारतबाट विभिन्न अस्पतालमा उपचार गर्नसमेत आउने क्रमले भारतीय रुपैयाँ बढेको हो । 

चालु आर्थिक वर्षको ७ महिनामा ६६ अर्ब  रुपैयाँ बराबरको वस्तुको निकासी भारततर्फ भएको छ । ५ खर्ब ७० अर्ब रुपैयाँको वस्तु भारतबाट आयात भएको छ । 

भारतमा निर्भर व्यापारको कारण विगतमा वर्षहरुमा भारतीय रुपैयाँको जहिले पनि अभाव हुने गरेको थियो । 

यो पटक भने उल्टो अवस्था आएको हो । अर्थविद् थापा अनौपचारिक बजारमा भारतीय रुपैयाँको विनिमयदर तोकिएको भन्दा घटे पनि यसलाई परिवर्तन भने अहिले गर्न नहुने बताउँछन् । 

राष्ट्र बैंकले ७ महिनामा भारु किन्न २ अर्ब ६० करोड डलर बेच्यो 

अनौपचारिक बजारमा भारतीय रुपैयाँको माग घटे पनि राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनामा २ अर्ब ६० करोड अमेरिकी डलर भारतीय रुपैयाँ किन्नको लागि खर्च गरेको छ । 

राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म दुई अर्ब ६० करोड अमेरिकी डलर बिक्री गरेर २ खर्ब ११ अर्ब  भारतीय रुपैयाँ किनेको छ । 

गत आर्थिक वर्षमा तीन खर्ब ७२ अर्ब भारतीय रुपैयाँ खरिद भएको तथ्यांक छ ।  यसको लागि ४ अर्ब ९१ करोड अमेरिकी डलर खर्च गरेको थियो । 

हरेक वर्ष भारतीय रुपैयाँ खरिदको लागि डलरको खर्च बढ्ने गरेको देखिएको छ । नेपालमा हुने कूल विदेशी सञ्चितिमा करिब २४ प्रतिशत हिस्सा भारतीय रुपैयाँको छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC