site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यसकारण गर्‍यो नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय
Sarbottam CementSarbottam Cement

डडेलधुरा । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गर्न आग्रह गरे । मुख्यमन्त्री रावललाई विश्वासको मत पाउन निर्णायक शक्ति हो नागरिक उन्मुक्ति पार्टी ।

पार्टीका संरक्षक रेशम चौधरी हाल डिल्लीबजार कारागारमा छन् । विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न मंगलबार बिहान उन्मुक्तिका सातजना प्रदेशसभा सदस्य काठमाडौं पुगे । दिनभर डिल्लीबजार कारागारमा छलफल चल्यो । पार्टीका संरक्षक चौधरीले प्रदेशसभा सदस्यसँग 'अब एक हातले लिने र अर्को हातले दिने हो' भन्दै छलफल अगाडि बढाए ।

दिनभरको छलफलपछि एमाले नेतृत्वको सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने टुंगोमा पुग्यो । पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय भएको बाह्रखरीलाई जानकारी दिए । “संसदीय दलको बैठकले विश्वासको मत नदिने निर्णय गरिसकेको छ,” आज निर्णय पुनर्विचार हुने सम्भावना छ ? भन्ने बाह्रखरीको प्रश्नमा उनले भनिन्, “अब यो सरकारलाई विश्वासको मत दिने कुनै कारण छैन । अब निर्णयमा पुनर्विचार हुँदैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई नियुक्त गर्दा र केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिँदा एउटा सहमति भएको उनले बताइन् । “प्रदेश सरकारलाई समर्थन गर्दा र केन्द्रमा विश्वासको मत दिँदा टीकापुर घटनाका राजबन्दीको रिहाइ र मुद्दा फिर्तालाई हामीले प्रमुख सर्त बनाएका थियौ,” उनले भनिन्, “माघ महिनाभित्र छोड्ने सहमति पनि भएको थियो । तर, उक्त सहमति कार्यान्वयन नभएपछि हामीले विश्वासको मत नदिने निर्णय गरेका हौं । यसमा हामी अडिक रहन्छौं ।”

एमाले संसदीय दलका नेता रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Global Ime bank

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा विश्वासको मतका लागि मुख्यमन्त्री रावललाई कम्तिमा २७ जना प्रदेशसभा सदस्यको साथ आवश्यक छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र एकजना स्वतन्त्र भने विपक्षमा छन् । कांग्रेसका १९ र एकीकृत समाजवादीका चारजना प्रदेशसभा सदस्य छन् ।

सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेसँगै मुख्यमन्त्री रावल अल्पमतमा परेर सरकार ढल्ने देखिएको छ । त्यसपछि संविधानको धारा १६८ (३) अनुसार मन्त्रिपरिषद् गठन हुने छ । जसअनुसार कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ ।

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर, नागरिक उन्मुक्ति पार्टीले भने कांग्रेस नेतृत्वको सरकार बने उसलाई पनि समर्थन गर्न नसकिने जनाएको छ । “जुन सरकारले हाम्रो माग सम्बोधन गर्छ, उसैलाई हाम्रो साथ र समर्थन हुन्छ,” पार्टी अध्यक्ष श्रेष्ठले भनिन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC