site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपा बाहिरिँदा सरकारको अवस्था के हुन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको ४२ दिनमा नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरियो । 

आइतबार रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारलाई समर्थन कायम राख्दै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गर्‍यो । 

आइतबार नै रास्वपाका दुई मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिइसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

माघ १३ गते सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता अवैध ठहरिँदा सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाए । 

उनले सर्वोच्चको फैसलाको पर्सीपल्टै नागरिकता कायम गरे र रास्वपाका सभापति बने । 

Global Ime bank

र, गृह मन्त्रालयमा पुनः फर्कन चाहेका थिए । तर, नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय प्रधानमन्त्री रहेको पार्टीेले नै पाउनुपर्ने अडान राख्यो । 

लामिछानेले रास्वपाले गृह मन्त्रालय पाउनुपर्ने अडान राखेका थिए । 

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रविलाई बाहेक अरुलाई गृहमन्त्री नबनाउने जवाफ दिएको बालुवाटार स्रोत बताउँछ ।

त्यो कुरा पार्टीको निर्णयपछिको पत्रकार सम्मेलनमा पनि स्वीकार गरिसकेका छन् । अर्थात्, गृहमन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरियो । 

लामिछानेले सांसद पद गुमेपछि गृह मन्त्रालय रिक्त भएको थियो । रास्वापाले सरकार छाडेपछि श्रम रोजगार समाजिक विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य राज्य मन्त्रालय मन्त्रीबिहीन भएको छ । 

रास्वापाको निर्णयले सरकारलाई के असर गर्छ ? 

संसद्को चौथो ठूलो दल रास्वपा सरकारबाट छोटो समयमै बाहिरिएपछि गठबन्धन र सरकारको भविष्यबारे विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । 

१६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड सरकारबाट रास्वपा बाहिरिए पनि समर्थन कायम राखेकाले तत्काल खास असर देखिँदैन । 

रास्वपाले मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा २० सिट जितेको थियो । लामिछानेको पद गुमेपछि अहिले संसद्मा रास्वपाका १९ सदस्य छन् ।

सरकारलाई बहुमतका लागि प्रतिनिधिसभाको १३८ सांसद आवश्यक पर्छ । 

पुस २६ गते संसद्को विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीसहित २६८ सांसदको मत पाएका थिए । 

त्यसो त रास्वपाले समर्थन कायम नै राखेपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने देखिँदैन ।  प्राध्यापक डा. लोकराज बराल रास्वापा सरकारबाट बाहिरिँदा अहिलेलाई खास असर नपर्ने बताउँछन् । 

मन्त्रीलाई फिर्ता बोलाए पनि समर्थन कायम गर्ने निर्णयले सरकार अप्ठेरोमा नरहेको उनको भनाइ छ । 

“१९ जना सांसद रहेको पार्टी सरकारबाट बाहिरिएको छ । तर, समर्थन त कायम नै राखेकोे छ । संख्याको हिसाबले सरकारलाई असर पर्र्दैन,” उनी भन्छन्, “सरकारलाई कांग्रेस कै पनि समर्थन छ । त्यसैले सरकारलाई तुरुन्तै खतरा त देखिँदैन । समर्थन नै कायम राखेकाले विश्वासको मत पनि लिनुपरेन ।”

बराल सरकारमा सहभागी दलले मन्त्रालय र त्यसमा जाने सोही व्यक्ति हुनुपर्छ भनेर प्रधानमन्त्रीलाई दबाब दिन नहुने बताउँछन् । 

रास्वपाले गृह मन्त्रालय नै पाउनुपर्छ भन्ने दबाब दिँदा प्रधानमन्त्रीले लिएको निर्णय उचित भएको उनको ठम्याइ छ । 

“रास्वपा सरकारबाट नसिकिँदा पनि प्रचण्डजीलाई अप्ठ्यारै परेको हो । गृहमन्त्री नै चाहियो, फलानो मान्छे नै हुनुपर्यो भन्ने दबाब थियो । दबाब त हुँदैन नि,” बरालको भनाइ छ, “प्रधानमन्त्रीको इच्छा पनि हो । जे जे भन्यो त्यही मान्दिनुपरे सरकार कहाँबाट चल्छ र ? यसमा प्र्रधानमन्त्रीले लिनु भएको निर्णय सहि देख्छु ।”

रास्वपाको निर्णयले राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा परिणाम देखिन सक्ने उनको विश्लेषण छ । 


“१९ जना सांसद रहेको पार्टी बाहिर निस्कँदा मनोवैज्ञानिक असर त पर्छ नै । मुख्य कुरा राष्ट्रपतिको चुनावमा देखिन्छ । यो गठबन्धन रहन्छ कि रहँदैन भन्ने हो । त्यतिबेला यसको रहन्छ अर्थ रहन्छ,” डा. बराल भन्छन् । 

राजनीतिक विश्लेषक हरि रोका संख्याका हिसाबले सरकारलाई अहिले नै असर पर्ने देख्दैनन् ।  

“रास्वपाले समर्थन फिर्ता लिएको छैन । उनीहरु त २० जना मात्रै हो । सरकारले त धेरै ठूलो बहुमत प्राप्त गरेको छ । अहिले नै सरकारलाई खासै फरक पर्छ भन्ने लाग्दैन,” उनले बाह्रखरीसँग भने ।  

राष्ट्रपतिको निर्वाचनसम्ममा पुग्दा के हुन्छ भन्ने अहिले नै मूल्यांकन गर्न नसकिने बताउँछन् । 

“राष्ट्रपतिको चुनावमा पुग्दा को उमेदवार हुन्छन् ? कसरी जान्छन् ? को उमेदवारलाई समर्थन गर्छन् भन्ने कुराको खासै फरक देखिएको छैन । के हुन्छ भनेर अहिले नै भन्न सकिँदैन,” रोकाले भने । 

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । निर्वाचन आयोगले २५ गते निर्वाचन गर्ने निर्णय गरिसकेको छ । अर्थात्, राष्ट्रपतिको चुनाव आउन एक महिना बाँकी छ । 

प्रचण्ड प्रधानमन्त्री बन्दा नै राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो ।  तर, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति हुनुपर्ने बताएपछि एमाले झस्किएको छ । 

माओवादी केन्द्रका नेताहरु राष्ट्रपति पदमा पुग्दा गठबन्धन परिवर्तन हुन सक्ने बताइरहेको छन् । 

“राष्ट्रपतिको चुनावसम्म यही गठबन्धन कायम रहन्छ कि रहँदैन भन्न सकिँदैन । यो कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीमा भर पर्छ,” एक पदाधिकारीले बाह्रखरीसँग भने । 

संसद्को पहिलो दल नेपाली कांग्रेस राष्ट्रपति आफ्नो पक्षमा पार्ने दाउमा छ ।  उसले नेकपा माओवादी केन्द्र फकाउने प्रयास पनि गरिरहेको छ । 

प्रदेशमा एमालेका उमेदवार भएको ठाउँमा उमेदवारी दिएको कांग्रेसले माओवादीका उमेदवार दिएको ठाउँमा पछि हटेको छ ।

यसको पछिल्लो उदाहारण राष्ट्रियसभा उपाध्यक्ष पनि हो ।  प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा उमेदवारी दिएको थियो । 

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उमेदवार नदिँदा माओवादीकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भइन् ।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबारको प्रतिनिधिसभा बैठकमा पनि आशंका व्यक्त गरेका थिए । 

राष्ट्रपतिमा खिचोला खडा गर्न कांग्रेसले विश्वासको मत दिएको आरोप लगाएका थिए । 

छोटो समयमा नै रास्वपा सरकारबाट बाहिरिनु र गठबन्धन दलमा आशंका पैदा हुनुले गठबन्धनको भविष्यमाथि प्रश्न उठेको छ । 

प्राध्यापक बराल गठबन्धन दलको सिद्धान्त नमिलेकाले स्थायित्व नहुने बताउँछन् । 

तत्कालीन नेकपा सरकारले त निरन्तरता पाउन नसकेकाले अहिलेको गठबन्धनले निरन्तरता पाउनेमा उनी शंका व्यक्त गर्छन् । 

“कम्युनिस्ट–कम्युनिस्ट भन्नेहरु मिलेर दुई तिहाइ ल्याउँदा त चलेन । साततिर मुख फर्केका पार्टी छन् । सिद्धान्त, व्यवहार, शैली मिल्दैन । केही समय त चल्ला भनेको चाँडै विखण्डन हुन थाल्यो,” बरालको विश्लेषण छ, “मूल बुँदामा सहमति भएर गठबन्धन चलेको भए स्थायित्व हुन्छ । स्वार्थका लागि देखाइदिन्छु भनेपछि स्थायित्वको कुरा के गर्नु ?” 

राजनीतिक विश्लेषक रोका पनि गठबन्धन संस्कृति धुमिल भइसकेकाले कहिले कसको सरकार बन्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताउँछन् । 

“गठबन्धनको एउटा संस्कृति हुन्छ । गठबन्धन धुमिल भइसकेपछि कहिले को मिल्छ ? कसको सरकार बन्छ ? भन्ने टुंगो हुँदैन । रास्वपा छिटो गतिमा आयो,” बाह्रखरीसँग उनले भने, “पुराना राजनीतिक दलको आफ्नै संस्कृति छ । गालीगलौज गरेपछि पनि मिल्ने संस्कृति छ । त्यसैले यही हुन्छ  भन्न सकिन्नँ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC