खेल
युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा

काठमाडौं । ग्लेसन ब्रेमरको गोलमा युभेन्टसले बिहीबार राति लाजियोलाई १–० ले हराउँदै कोपा इटालियाको सेमिफाइनलमा स्थान बनाएको छ ।
घरेलु टोल युभेन्टसले ४४औँ मिनेटमा ब्रेमरले गरेको गोलबाट अग्रता लिएको थियो । उनले फिलिप कोस्टिकको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए । ब्रेमरले गरेको त्यही गोल युभेन्टसको जितमा निर्णायक बन्यो ।
युभेन्टसले अब फाइनल प्रवेशका लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । इन्टरले बुधबार राति एटलान्टालाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
अर्को सेमिफाइनलमा फियोरेन्टिनाले क्रेमोनेससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९ ०९:००
प्रतिक्रिया दिनुहोस्