site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सहिद भूमिमा आठ सयभन्दा बढीले पाए रोजगार
Sarbottam CementSarbottam Cement

धनकुटा । गएको पाँच वर्षमा धनकुटाको सहिद भूमि गाउँपालिकाका ८३१ जनाले रोजगार पाएका छन् । पालिकामा आर्थिक वर्ष २०७५/७६ देखि सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ८३१ जनाले  रोजगार पाएका हुन् ।

सुरुआती वर्षमा रु ५१७ र पछिल्लो वर्षदेखि दैनिक रु ५७० का दरले पालिकाका निम्न आय भएका व्यक्तिले एक सय दिनको रोजगार पाएका हुन् । चालु आव २०७९र८० बाहेक चार वर्षमा १९३ महिला र ४९९ जना पुरुषले राजगार पाएका छन् । रो

Prabhu Bank
Agni Group
NIC Asia

जगार कार्यक्रमको ‘कामका लागि पारिश्रमिकमा आधारित’ र ‘युवा रोजगारीका लागि रुपान्तरण आयोजना’ बाट पालिकामा रु दुई करोड ७० लाख ५३ हजार १५० भित्रिएको छ ।

रोजगार कार्यक्रमले निम्न आय भएका परिवारलाई जीविकोपार्जन गर्न सहज भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक सीता पौडेलले जानकारी दिइन् । सडक निर्माण तथा संस्कृति प्रवद्र्धन क्षेत्रको रोजगारका लागि पालिकामा हरेक वर्षको वैशाखसम्म सञ्चालन हुने कामका लागि पाँच वर्षमा एक हजार ५५७ आवेदन परेको छ ।

Global Ime bank

आव २०७५/७६ मा ११२, आव २०७६/७७ मा ५६, आव २०७७/७८ मा २६१, २०७८/७९ मा २६१ र चालु आवको हालसम्ममा ११४ जनाले राजगार पाएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC