देश
आजको मौसम : आंशिक बदलीदेखि सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिआन देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ ।
विभागले आज दिउँसो प्रदेश– १ र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रहने जनाएको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राति प्रदेश– १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले तराईका भू–भागहरूमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन भनेको छ ।

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९ ०६:२३
प्रतिक्रिया दिनुहोस्