site stats
बाह्रखरी :: Baahrakhari
देश
‘ए’ डिभिजन लिगका लागि तीन खेलाडी संकटा क्बलमा अनुबन्धित

काठमाडौं । आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि संकटा क्बलले बिहीबार तीन खेलाडीलाई अनुबन्ध गरेको छ ।

फागुन १९ गतेदेखि सुरु हुने लिगका लागि संकटाले आज दुई फरवार्ड र एक गोलकिपरलाई अनुबन्ध गरेको हो । संकटाले फरवार्डद्वय अनिश महर्जन र ललित चौलागाईंसँगै गोलपिकर निशान रानालाई क्लब भित्र्याएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संकटाले फागुन २१ गते त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । गत सिजन संकटाले सातौं स्थानमा रहँदै लिग टुंग्याएको थियो ।

लिगमा यसपटक दुई नवप्रवेशी खुमलटार र चर्च ब्वाइज युनाइटेडसहित त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, हिमालयन शेर्पा, एनआरटी, फ्रेन्ड्स क्लब र साविक विजेता मछिन्द्र क्लब उपाधिका लागि प्रतिस्पर्धामा छन् ।
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्